२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ पुस ९ गते मङ्गलबार



मेष राशि
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू सफल हुनेछन्। रमाइलो यात्रा हुनेछ। कार्यहरू तीव्र रूपमा अगाडि बढ्नेछन्। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

वृष राशि
व्यवसायमा मनग्य लाभ मिल्नेछ। सोचेअनुसार कार्य अगाडि बढ्नेछन्। सन्तानका आवश्यकता पूर्ति गर्दा खर्च अलि बढ्ला। स्वास्थ्यमा समस्या आउला। निर्णय गर्दा बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ।

मिथुन राशि
आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त होला। कृषि क्षेत्रमा सफलता मिल्नेछ। आँटेका कार्यहरू पूरा हुनेछन्। मान सम्मान वृद्धि होला। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

कर्कट राशि
एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। आफ्ना इच्छाअनुसार समय बित्नेछ। कुनै पनि कुराले मनमा शान्ति छाउँला। सोचेअनुसार कार्य अगाडि बढ्नाले मनमा हर्ष छाउँला। स्वास्थ्यमा ख्याल राख्नु होला।

सिंह राशि
चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचेअनुसार सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नुका साथै मान सम्मान प्राप्त होला। दिन प्रेमिल हुनेछ। आफन्तको साथले मनमा हर्ष छाउनेछ।

कन्या राशि
अध्ययन-शिक्षाको क्षेत्रमा सवलता हुनेछ। आत्मबलमा कमी आउनाले मनमा द्विविधा उत्पन्न होला। नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ। खानपानमा ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नु होला। सम्बन्धमा खटपट आउन सक्छ।

तुला राशि
व्यवसायिक सफलता मिल्नेछ। आज बिना प्रतिस्पर्धा नै फाइदा हुने समय छ। सामाजिक कार्यमा सरिक भइएला। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाणीको प्रभाव बढ्ने समय रहेको छ। आज जोश, जाँगर, र हिम्मत बढ्नेछ।

वृश्चिक राशि
धार्मिक एवं सांस्कृतिक कार्यमा सहभागिता हुनेछ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति बढ्नेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।

धनु राशि
तपाईंको लगनशीलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले थप सफलता मिल्नेछ। दिन शुभफल प्रदायक हुनेछ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्नेछ।

मकर राशि
फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आउला। मनमा भय उत्पन्न हुनेछ। सोचेअनुसार काम बन्न मुस्किल होला। प्रेम सम्बन्धमा बाधा उत्पन्न होला। स्वास्थ्यमा ख्याल राख्नु होला।

कुम्भ राशि
जोशजाँगर र हिम्मत बढ्नेछ। कला र सङ्गीतमा रुचि बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइएला। रमाइलो यात्राको सम्भावना बढ्नेछ। धैर्य र लगनशीलताले नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ।

मीन राशि
धार्मिक तथा सामाजिक कार्यमा सहभागिता हुनेछ। मनमा शान्ति मिल्नेछ। उत्साह र उमङ्गमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिठो भोजन पाइनेछ। शुभकर्मको चर्चा चल्नेछ। छोटो यात्रा हुनेछ। दिन आनन्दमय रहनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार