मेष राशि
आफ्नो बुद्धि प्रयोग गर्न सके आजको दिन शुभ फलदायक रहनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। अतिथिको स्वागत सत्कार गर्नु पर्नेछ। व्यवसायिक सफलता मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ। स्वास्थ्यमा ख्याल गर्नु होला।
वृष राशि
घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यको चर्चा हुनेछ। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। स्वास्थ्यमा भने सजगता अपनाउनु होला।
मिथुन राशि
नयाँ कार्यका योजनाहरू बन्नेछन्। मान-सम्मान वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। वैदेशिक कार्यहरू अगाडि बढ्नेछन्।
कर्कट राशि
आज कुनै पनि कुराले मनमा शान्ति छाउनेछ। सोचअनुरूप कार्य अघि बढ्नाले मनमा हर्ष छाउनेछ। आर्थिक लाभ हुनेछ। संगीतमा रुचि बढ्नेछ। पारिवारिक जमघटले मनमा आनन्द छाउनेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।
सिंह राशि
धैर्य र पराक्रमद्वारा कार्य सफल हुनेछन्। खानपानमा अलिक ध्यान दिनुपर्नेछ। व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीका लागि आज कडा मेहनत गर्नु पर्ने दिन हो। अनावश्यक खर्चबाट बच्नु होला।
कन्या राशि
कीर्तिमानी कायम हुने समय रहेको छ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। आकस्मिक धन लाभ हुनेछ। रोजगारका अवसरहरू मिल्नेछन्। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा सफलता मिल्नेछ।
तुला राशि
मनमा उत्साह तथा वाणीको प्रभाव बढ्ने समय रहेको छ। महिला वा मित्रबाट सहयोग प्राप्त हुनेछ। घरमा अतिथिको स्वागत सत्कार गर्ने अवसर प्राप्त हुनेछ। जोश-जाँगर र हिम्मत बढ्नेछ। उपहार प्राप्त गर्ने सम्भावना छ। गरेका कार्यहरूमा सफलता मिल्नेछ।
वृश्चिक राशि
आटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति बढ्नेछ। आत्मबल बढाएर अघि बढ्नुपर्ने दिन हो। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। कार्यहरू सफल हुनेछन्। व्यवसायमा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। प्रेम सम्बन्ध गहिरो हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ।
मकर राशि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त हुनेछ। वाणीमा मिठास आउनेछ।
कुम्भ राशि
दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना बढ्नेछ। धैर्य र लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्।
मीन राशि
आफन्तसँगको विशेष भेटघाट हुनेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। प्रशासनिक कार्यहरू पूर्ण हुनेछन्। विद्यार्थीका लागि महत्वपूर्ण दिन हुनेछ। व्यवसायमा सोचेअनुरूप सफलता मिल्नेछ।

