
मेष राशि – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन्। रमाईलो यात्रा हुनेछ। कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन्। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सद्भाव वढ्नेछ। सामाजीक कार्यमा रुची वढ्ला।
वृष राशि – व्यवसायमा मनग्य लाभ मिल्नेछ। सोचेअनुरुप कार्य अगाडि वढ्नेछन्। प्रतिष्ठित कार्य गर्ने अवसर प्राप्त होला। सामाजीक कार्यमा रुचि वढ्ला। निर्णय गर्दा बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता भने हुनेछ।
मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन्। आफन्त र साथीभाईको सहयोग प्राप्त होला। गोपनियताको ख्याल राख्नु होला। कृषि क्षेत्रमा सफलता मिल्नेछ। आटेका कार्यहरु पूरा हुनेछन्। मान सम्मान वृद्धि होला। साथीभाईसँग रमाईलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव वढ्नेछ।
कर्कट राशि – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। आफ्नो इच्छाअनुरुप समय व्यतित हुनेछ। पारिवारिक सम्बन्धले नयाँ समस्या निम्ताउन सक्ला। आज कुनैपनि कुराले मनमा शान्ति छाउला। सोचेअनुसार कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला। स्वास्थ्यमा ख्याल राख्नु होला।
सिंह राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ। सोचेअनुरुप सफलता प्राप्त हुनेछ। सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला। दिन प्रेमिल हुनेछ। आफन्तको साथले मनमा हर्ष छाउनेछ।
कन्या राशि – अध्ययन अध्यापनका क्षेत्र सवल हुनेछन्। आत्मबलमा भने कमी आउनाले मनमा दुबिधा उत्पन्न होला। नयाँ योजनाहरु कार्यान्वयनमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ। खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला।
तुला राशि – व्यवसायमा मध्यमखाले सफलता मिल्ला। स्वास्थ्यमा सजग रहनुपर्नेछ। सामाजीक कार्यमा सरिक भइएला। बौद्धिक विकास हुनेछ। पारिवारिक समय व्यतित गर्दा शुभ हुनेछ। वाणिको प्रभाव वढ्ने समय रहेको छ। आज जोश जाँगर र हिम्मत बढाएर कार्य गर्नु शुभ हुनेछ।
वृश्चिक राशि – धार्मिक एवं सास्कृतिक कार्यमा सहभागी भइएला। आटेका कार्यहरु सफल हुनेछन्। स्वास्थ्यमा ख्याल राख्न पर्ला। कुनैपनि कुरा गोप्य राख्न नसक्दा झमेलामा परिनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति वढ्नेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि – तपाईको लगनशीलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले अझै सहजता होला। दिन शुभफल प्रदायक रहेको छ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्ला। दिनचर्यामा ख्याल गरेर अगाडि बढ्नुहोला।
मकर राशि – सञ्चित धनको वृद्धि होला। व्यवसायिक सफलता मिल्नेछ। आफन्तसँगको भेटघाटमा मन प्रसन्न रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्ला। दिन रमाईलोसँग बित्नेछ। चिताएको अनुरुप कार्य पूर्ण हुनाले आनन्द मिल्नेछ।
कुम्भ राशि – दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइएला। रमाईलो यात्राको सम्भावना वढ्ला। आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ। नयाँ अवसरहरु प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ।
मीन राशि – दिन मध्यमफलदायी हुनेछ। धार्मिक तथा सामाजीक कार्यमा सहभागी भइएला। आज मनमा शान्ति मिल्नेछ। उत्साह एवं उमङ्गमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला। शुभकर्मको चर्चा चल्नेछ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाइन जेसिस चोक दाङ।
९८४८०६०७९९