२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ पुष २१ गते आइतबार



मेष: दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ।

वृष: बौद्धिक व्यक्तिले आक्रमण गर्ने जोखिम छ। काममा मेहनतका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। साथीसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन: बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट बचेर काम गर्नुपर्ने दिन छ। परिवारमा झगडा हुने जोखिम देखिन्छ।

कर्कट: सोचेका काममा अवरोध सिर्जना हुनेछ। साथी नै विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह: दिन राम्रो छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

कन्या: दैनिक काममा मेहनतको आवश्यकता देखिन्छ। अर्काले गरिदिन्छ भनेको काम पनि तपाईंले नै गर्नुपर्नेछ। कृषि र फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा नगर्दा संकट पर्नसक्छ।

तुला: शिक्षामा गरेको लगानीबाट जोस र जागर बढ्नेछ। निजी क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। राज्यको उच्च तहबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक नियुक्त खाने सम्भावना देखिन्छ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

वृश्चिक: दिन सामान्य छ। दैनिक काममा अवरोध सिर्जना हुनेछ। दैनिकी सहज बन्नेछ। ठुला काममा हात नलगाउनु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु: दिन सामान्य राम्रो छ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। देशमा रहेका गलत कामविरुद्ध बोल्ने अवसर प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर: सञ्चित धन खर्च हुनेछ। धन खर्च भए पनि नाम र इज्जत बढ्नेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कुम्भ: तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभ ग्रहको फल प्राप्त हुनेछ। व्यापारमा भन्दा राज्यका महत्त्वपूर्ण अंगमा सेवाको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन: दिन सामान्य छ। हरेक काममा अवरोध भए पनि मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्दा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार