दाङ, २१ पुस ।
श्रीगणेश टोल विकास संस्था अध्यक्षमा भोपाल भण्डारी चयन हुनुभएको छ । संस्थाको शनिबार भएको को १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा बिमला शर्मा, सचिवमा चन्द्र प्रसाद पाण्डे, सहसचिवमा किरण विश्वकर्मा, कोषाध्यक्षमा रामलाल वाग्ले चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा दिपक भण्डारी, विष्णा भट्टराई, तुल्सीराम वली, प्रकृति भुषाल चयन हुनुभएको छ ।
संस्थाको सल्लाहकारहरूमा नारायण प्रसाद वाग्ले, माधव प्रसाद शर्मा र हिरालाल भण्डारी रहनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–६ बनकट्टास्थित रहेको टोल विकास संस्थाको शनिबार १५ औं अधिवेशन भएको हो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद वाग्लेको अध्यक्षता तथा वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी (वर्षात) र जेष्ठ नागरिक समाजका सचिव शेषमणि रिजालको विशिष्ठ आतिथ्यतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।
अधिवेशनका क्रममा सचिव चन्द्र प्रसाद पाण्डेले प्रगति प्रतिवेदन , कोषाध्यक्ष माधव प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा आठ जना जेष्ठ नागरिक, एक जना सहयोगदाता र संस्थाका पूर्वअध्यक्षलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
वडा अध्यक्ष दुजमान भण्डारीले युवाहरू र महिलाहरूलाई उद्यमशीलता र उत्पादनमूलक कार्यमा संलग्न गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले स्थानीयस्तरमा सहकार्य र सक्रियताको महत्त्वमा जोड दिँदै टोल विकासका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो । उपाध्यक्ष विष्णा रिजालले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव किरण विश्वकर्माले गर्नुभएको हो ।

