
तुलसीपुर,२१ पुस ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडा कमिटिको नयाँ कार्यसमितिले पदभार ग्रहण गरे लगत्तै वडामा एमाले दुई ध्रुवमा बाँडिएकोे छ ।वडा अधिवेशनमा अध्यक्ष मण्डलले घोषणा गरेका पदाधिकारी मध्यका उपाध्यक्षको निष्काशन र सचिव पद साटेर पदभार ग्रहण गराएपछि सो कुरा बाहिरिएको हो ।
तुलसीपुरका १९ वटा वडाहरुमध्य १८ वडामा एमालेले अधिवेशन सकेर पदाधिकारीले पदभार ग्रहण गरिसकेका नगर अध्यक्ष रुपबहादुर खत्री बताउछन् । बाँकी रहेको वडा नम्बर ६ ले पनि एक महिनादेखि विवादकै विच पदाधिकारीले पुर्णता पाउन नसकेका वेला आज नयाँ पदाधिकारीले सपथ लिएका हुन् । नयाँ पदाधिकारीले सफथ ग्रहण गरेपनि आधिकारिक्ता नभएको एमाले स्रोत बताउछ ।
गत मंसिर २० गते ६ नम्वर वडाले एमाले पाटी कार्यालय तुलसीपुरमा अधिवेशन गरेको थियो । अधिवेशन पश्चात नयाँ पदाधिकारी सर्वसम्मत चयनका लागि जिल्ला कमिटि सदस्य तथा वडा इन्चार्ज युवा कराराको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मन्डलको घोषणा गरिएको थियो । सोही अध्यक्ष मन्डलले यज्ञबहादुर बस्नेतको अध्यक्षतामा २८ सदस्यीय समितिलाई सर्वसम्मतीले अनुमोदन गर्ने निर्णय गरेको थियो । समितिको उपाध्यक्षमा छविलाल भण्डारी,सचिवमा विष्णु प्रसाद सुवेदी,उपसिचवमा वेदबहादुर वुढाथोकी र प्रमिला तिवारी सहितका पदाधिकारीलाई अनुमोदन गर्ने अध्यक्ष मन्डलको निर्णय थियो ।
त्यसको ठिक विपरित आज सार्वजनिक भएको सपथग्रहण कार्यक्रममा उपाध्यक्ष छविलाल भण्डारीको ठाँउमा विष्णुबहादुर सुवेदी र सचिव विष्णु प्रसाद सुवेदीको ठाँउमा यमराज केसीलाई फेर बदल गरेर तुलसीपुर स्थित नेकपा एमालेको पाटी कार्यालयमा सपथ ग्रहण कार्याक्रमको आयोजना गरेपछि एमाले वडा नम्बर ६ मा विवाद झनै चुलिएको हो ।
आज उपाध्यक्ष बनाइएका विष्ण प्रसाद सुवेदी वडा कमिटिको निवर्तमान सचिव थिए र अहिले पनि उनै सुवेदिलाई सचिव पदका लागि अध्यक्ष मन्डलले सर्वसम्मत चयन गरेको थियो । तर आज उनि एकाएक उपाध्यक्ष भएको जानकारी पाएपछि सो कार्यक्रममा सहभागी भएनन् ।
आजको निर्णय अनुसार सचिवको जिम्मेवारी यमराज केसीले पाएका छन् । उनि अहिले वडा नम्बर ६ को जनप्रतिनिधि सदस्य हुन् । यसअघि उपाध्यक्ष बनाइएका छविलाल भण्डारी आजको लिष्टमा नै परेनन् ।
यस अघिको अध्यक्ष मन्डलको निर्णय निर्वाचन मन्डलले सार्वजनिक गर्नुपर्ने थियो तर हुन सकेन । तेतिवेला निर्वाचन मन्डलको संयोजकको जिम्मेवारीमा शुरेस रावत रहनुभएको थियो । सोही कार्यक्रममा प्रदेश सचिवालय सदस्य रामजि चौधरी,नगर अध्यक्ष रुपबहादुर खत्री,सचिव जीतबहादुर खड्का लगाएका नेताहरु आमन्त्रीत अतिथिका रुपमा सहभागी भएर सो माइन्युटमा हस्ताक्षर सेमेत गरेका छन् ।
तर अधिवेशनको ठिक एक महिनापछि अध्यक्ष मन्डलकोे निर्णयलाई कार्यान्वयन गर्नुको साटो लत्याउदै उपाध्यक्ष र सचिब पदलाई साटफेर गरेर उनै नेताहरुको उपस्थीतिमा सफथ ग्रहण गराइको विषय विधिसम्मत नभएको वडा इन्चार्ज तथा अध्यक्ष मन्डलका संयोजक युवा कराराले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पाटी एमालेको विधानको धारा ४५ (क)मा पनि अधिवेशन सञ्चालन र आवश्यक संरचनाहरू गठन गर्ने पुर्ण अधिकार अध्यक्ष मण्डलकै रहने व्यवस्था गरिएको् छ तर सो विधानको वर्खिलाप नेतृत्वको हस्तक्षेप स्वीकार्य नहुने संयोजक कराराले बताृउनुभयो ।
मंसिर २० गतेको अधिवेशनमा भएको अध्यक्ष मन्डलको निर्णय नै आधिकारिकता रहेकोमा कोहीपनि भ्रममा नपर्न आग्रह गर्नुभयो ।
कराराले भन्नुभयो-वडा अधिवेशनमा भएको सर्वसम्मतीको निर्णय निर्वाचन मण्डलले सार्वजनिक किन गर्न सकेन ? निर्वचन मन्डलको समस्या हो हाम्रो समस्या छैन् । तेतीवेला हामीहरुले गरेको निर्णय नै आधिकारीक हो ।
उता निर्वाचन मन्डलका संयोजक रहेका शुरेस रावतले भने तत्काल सहमति जुट्न नसकेपछि जिल्ला पाटीले सो समस्या हल गर्ने गरि जानकारी गराएर आफु जिल्ला बाहिर रहेको र अहिले आफु कुनै जिम्मेवारीमा नरहेको बताउनुभयो ।
निर्णय पुस्तीकामा आफैले हस्ताक्षर गरेर हिँडेका जिम्मेवार पदाधिकारहिरु एक महिना पनि निर्णयमा अडिग रहन नसक्नु नगर नेतृत्वको असक्षमता पुष्टी भएको एमाले वडाका नेताहरु बताँउछन् । पाटी भन्दा व्यक्ती हावी भएकाले झनपछि झन समस्या बढेको छ ।
मंसिर २० गतेको अध्यक्ष मन्डलको घोषणा अनुसार उपाध्यक्ष बनेका छविलाल भण्डारी आज सफथ ग्रहणमा जानु पर्ने भएपनि उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदीको नाम आएपछि उनै भण्डारीले सामाजिक सञ्जालमा आफुलाई विदेश पठाएको भन्दै व्यङग्य गरेका छन् । २८ सदस्यीय कार्यसमितिमा आजको पदभार ग्रहणमा आधाजससो पदाधिकारीहरु उपस्थित नै भएनन्।
यता नेकपा एमाले तुलसीपुरका नगर अध्यक्ष रुपबहादुर खत्रीले भने सहमति नजुटेपछि जिल्ला पाटीको निर्देशन अनसार निर्णय भएको बताउनुभयो ।उहाँले भन्नुभयो अध्यक्ष्यमा सुरुमा यज्ञबहादुर बस्नेत र विष्णेबहादुर सुवेदी अध्यक्षको उम्मेदवार रहनुभएको थियो तर पछि यज्ञ जिलाई अध्यक्ष मानेर जाने सवैको सहमति भएको थियो ।
यस्तै उपाध्यक्षमा पनि तीन जना आकांक्षा रहेको र तेतिबेला उपाध्यक्ष छविलाल भण्डारी नै भएको स्वीकार गर्नुभयो । तर अर्को ड्राफटमा अध्यक्षमा यज्ञबहादुर बस्नेत,उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी,सचिवमा यमनारायण रेग्मीको लिष्ट समेत तयार भएको बताउनुभयो तर एक महिनाको विचमा पनि अध्यक्ष मन्डलले सहमति जुटाउन नसकेपछि जिल्लाकै निर्देशनमा क्षेत्रिय संयोजक मेघराज भुषल सहितका नेताहरुसंग परामर्श गरेर निकासको बाटो खोजिएको अध्यक्ष खत्रीले बताउनुभयो ।
अध्यक्ष मन्डलले निणय गरेको माइन्युटमा तपाई सहतिका पदाधिकारीको पनि हस्ताक्षर छनी भन्ने प्रश्नमा अध्यक्ष खत्रीले आफुले निर्णयमा नभई उपस्थित पुस्तीकामा हस्ताक्षर गरेको बताउनुभयो ।
एमालेको विधान अनुसार वडा तहमा अध्यक्ष मन्डलले गरेको निर्णय विपरित नगर तथा जिल्ला तहले गरेको निर्णय विरुद्ध अदालतमै गएपनि आफुहरुको जित हुने एमाले वडा तहका नेताहरु बताउछन् । रेडियो हाम्रो पहुँचबाट साभार