२०८३ बैशाख १८ गते शुक्रवार

दाङमा हुकुम बस्नेतसहित ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त



दाङ,२९ पुस।

सरकारले भूमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेतलाई नियुक्त गरेको छ । तुलसीपुर उपमहानगरपालिका-१२ का बस्नेतलाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । बस्नेत नेकपा एमाले दाङका पुर्व अध्यक्षसमेत हुन्।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी आयोगले काम गर्नेछ । बस्नेत संगै ५८ जिल्लाका अध्यक्षको नियुक्ती भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउन मात्र बाँकी छ ।

 

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार