२०८१ फाल्गुन ६ गते मङ्गलवार

तपाईंको आजको राशिफल २०८१ माघ ४ गते शुक्रबार



मेष राशि – मानसिक दबाब बढेको महशुस हुनेछ। आजको दिन सामान्य फलदायी रहनेछ। पति-पत्नी बीच मनमुटाव हुन सक्छ। अनावश्यक चिन्ता उत्पन्न हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। धैर्यका साथ कार्य गर्दा सजिलो हुनेछ।

बृष राशि – परिवारका सदस्यहरूको सहयोगले कार्य सम्पन्न गर्न सहजता हुनेछ। शुभ कार्यको चर्चा चल्न सक्छ। रोकिएका कार्य पुनः सुचारु हुनेछन्। कुटनीतिक सफलता मिल्नेछ। परिवारिक जीवनमा मतभेद उत्पन्न हुन सक्छ। स्वास्थ्यमा सजगता अपनाउनुहोस्।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीहरूको सहयोग प्राप्त हुनेछ। पुराना कार्यहरू पुरा हुनेछन्। सम्मानमा वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा समस्या आउन सक्छ।

कर्कट राशि – आफ्नो इच्छाअनुसार समय बिताउनु हुनेछ। आज मनमा शान्ति हुनेछ। काम अनुसार सफलता प्राप्त हुनेछ। पारिवारिक जमघटले मनमा खुशी ल्याउनेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।

सिंह राशि – आत्मबलमा कमी आउनाले मनमा द्विविधा उत्पन्न हुनेछ। सवारी साधन किनबेचमा ख्याल राख्नु पर्ला। खानपानमा ध्यान दिनुहोस्। निर्णय गर्दा विशेष सतर्कता अपनाउनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

कन्या राशि – रोकिएका कार्यहरू पुनः सुरु हुनेछन्। मनमा खुशी ल्याउनेछ। व्यक्तिगत कार्यमा गति आउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रोजगारका अवसरहरू प्राप्त हुनेछन्। सामाजिक दायित्वमा केही अवरोध आउन सक्छ।

तुला राशि – आज बिना प्रतिस्पर्धा नै फाइदा प्राप्त हुनेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाणीको प्रभाव बढ्नेछ। जोश र हिम्मतले सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

बृश्चिक राशि – सांगीतिक कार्यमा रुचि बढ्नेछ। पुरानो सम्बन्धको पुनः मिलनको योग रहेको छ। पुराना कार्य सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तसँग भेटघाटले पारिवारिक सुमधुरता कायम रहनेछ।

धनु राशि – मान सम्मान बढ्नेछ। महत्त्वपूर्ण कार्यमा केही ढिलाइ हुनेछ। आर्थिक समस्याहरू उत्पन्न हुन सक्छ। व्यवसायिक सफलता प्राप्त हुनेछ। अग्रजको सल्लाहमा कार्य गर्न उत्तम हुनेछ। प्रेम सम्बन्धमा अवरोध आउन सक्छ।

मकर राशि – समयमा कार्य सम्पन्न नगरेको खण्डमा चिन्ता बढ्नेछ। पारिवारिक सुख र शान्ति प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न सकिन्छ। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोस्।

कुम्भ राशि – जोश र हिम्मत बढ्नेछ। धर्मकर्म र सामाजिक कार्यमा सक्रियता बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार प्राप्त हुनेछ। रमाइलो यात्राको सम्भावना हुनेछ। आज धैर्य र लगनशीलताले अवसरहरू ल्याउनेछन्। पारिवारिक सद्भाव बढ्नेछ।

मिन राशि – विश्वास गरेका व्यक्तिहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ। मनमा शान्ति रहनेछ। उत्साह र उमङ्गका साथ दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजन मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। दिन रमाइलो रहनेछ।


ज्योतिषाचार्य र वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष र वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार