२०८१ फाल्गुन ६ गते मङ्गलवार

तपाईँको आजको राशिफल २०८१ माघ ५ गते शनिबार



मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ। कार्य सफल होला। आज दिन मध्यम फलदायी रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ। बोल्दा ख्याल गर्नुहोला, वादविवादमा पर्न सकिनेछ।

वृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला। अनावश्यक धन खर्च होला। जीवनसाथी वा प्रेमीसँग वादविवाद बढ्न सक्छ। काम गर्दा धैर्य भएर अगाडि बढ्नु उचित हुनेछ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त तथा साथीभाइको सहयोग प्राप्त होला। आँटेका कार्यहरू पूरा हुनेछन्। मान-सम्मान वृद्धि होला। आर्थिक पक्ष बलियो हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

कर्कट राशि – आफ्नो इच्छाअनुरूप समय व्यतीत हुनेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउला। सोचेअनुरूप कार्य अगाडि बढ्नाले मनमा हर्ष छाउला। साहित्य एवं कलामा मन जानेछ। पारिवारिक जमघटले मनमा आनन्द छाउला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह राशि – आध्यात्ममा मन जाला। प्रेमसम्बन्धमा मिठास छाउला। सोचेअनुरूप कार्यहरू बन्नाले मनमा हर्ष छाउला। प्रेम वा विवाहको प्रस्ताव आउन सक्नेछ।

कन्या राशि – रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउला। व्यक्तिगत कार्यले तीव्रता पाउनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रोजगारका अवसर मिल्नेछन्। सामाजिक दायित्व निर्वाहमा बाधा छाउला।

तुला राशि – सामाजिक कार्यमा सरिक भइएला। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह एवं वाणीको प्रभाव बढ्ने समय रहेको छ। आज जोश, जाँगर र हिम्मत बढ्नेछ। गरेका कार्यहरूमा सफलता मिल्ला। सोचेअनुरूप कार्यले तीव्रता पाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

वृश्चिक राशि – पुनर्मिलनको योग रहेको छ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेमसम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति बढ्नेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।

धनु राशि – आय-आर्जनका स्रोतहरू बढ्नेछन्। मान–सम्मान बढ्नेछ। महत्वपूर्ण कार्यमा केही ढिलाइ–सुस्ती हुन सक्छ। आर्थिक समस्या आउन सक्छ। व्यवसायिक सफलता भने मिल्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्दा शुभ हुनेछ।

मकर राशि – समयमा कार्य सम्पादन नहुँदा मनमा चिन्ता बढ्ला। पारिवारिक सुख एवं शान्ति प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। आय-आर्जनका स्रोतहरू बढ्नेछन्। राजनीतिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ।

कुम्भ राशि – जोश, जाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। आज धैर्य एवं लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ।

मीन राशि – जागिर वा पेशामा दबाब हुनेछ। अतिरिक्त जिम्मेवारीले बाधा भएको महसुस होला। धैर्यताले कार्य गर्दा उचित होला। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला।


ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
📞९८४८०६०७९९

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार