
मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। शत्रुहरू हावी हुनेछन्।
वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भय बढ्नेछ।
मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ। इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी लगानी भए मन प्रशन्न हुनेछ।
कर्कट : आत्मविश्वास बढाएर कार्य गर्दा सफलता मिल्नेछ। धैर्यवान् हुनु पर्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। विपक्षीको शब्दजालमा पर्ने जोखिम भएकाले सचेत बन्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
सिंह : महत्वाकांक्षी योजनाहरू बन्नेछन्। सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ। शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।
तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। खानपानमा भने समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।
वृश्चिक : आय स्रोत बढ्नेछ। बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।
धनु : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ। सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
मकर : शुभ ग्रहको बहुमत भएकाले दाजुभाइको साथ प्राप्त हुनेछ। सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ। गरगहना हराउने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ।
कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ। वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ।
मीन : व्यवसायिक सफलता मिल्नेछ। प्रेम सम्बन्ध विवाहमा परिणत होला। आज गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा। सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश। मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ। ९८४८०६०७९९