२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरको एक घरमा आगलागि,चार लाख बढीको क्षति



दाङ, ९ माघ ।
विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागि भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ कचिला राम जानकी टोलका गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागी भएको तुलसीपुर-१२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो ।

टिनले छाएको कच्ची घरमा आगलागि भएको हो । आगलागिबाट घरमा भएको नगद एक लाख बढी रुपैंया, लत्ता कपडा र जीन्सी सामान गरी करिब चार लाख बढीको क्षति भएको छ । मानविय क्षति भने हुन नपाएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

आज विहान ७ बेजेतिर विद्युतको तार सर्ट भएर घरमा आगलागि भएको हो । आगो स्थानियवासी, प्रहरी र दमकलको सहायतामा नियन्त्रण लिइएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिनको लागि विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रमा फोन गरेर लाइन काट्न लगाएपछि सहज भएको हो ।

गोल्चीको घरमा दुई छोरा, एक छोरी, नातीनी र बुहारी गरी ६ जनाको परिवार रहेको छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार