२०८१ फाल्गुन ६ गते मङ्गलवार

तपाईँको आजको राशिफल २०८१ माघ १० गते बिहीबार



मेष राशि – समय अनुरुप योजनाहरू बन्नेछन्, राजनैतिक सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। अतिथिको स्वागत-सत्कार गर्नु पर्ला। व्यवसायिक सफलता मिल्नेछ। सम्मानयुक्त आतिथ्यता प्राप्त होला। प्रेमी वा जीवनसाथीबाट केही उपहार प्राप्त हुनसक्नेछ।

वृष राशि – रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। धार्मिक यात्रा हुनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी होला। अरूका लागि समय खर्चनु पर्नेछ। व्यवसाय मध्यम रहनेछ।

मिथुन राशि – कार्यक्षेत्रमा विरोधीहरू सक्रिय हुनसक्छन्। स्वास्थ्यमा समस्या आउन सक्छ। आर्थिक सङ्कट आउन सक्छ। शरीरमा आलस्य छाउनेछ। व्यवसाय सोचेअनुरुप सफल हुनेछैन। बोल्दा विचार गर्नुहोला। सामान चोरी हुने वा हराउने सम्भावना छ।

कर्कट राशि – आज महत्वपूर्ण कार्यको थालनी हुनेछ। शत्रु क्षय हुनेछन्। अधुरा कार्यहरू पूर्ण हुनेछन्। राज्यबाट सम्मान प्राप्त होला। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूका लागि आज सफलतादायी दिन रहनेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।

सिंह राशि – रोजगारका अवसर मिल्नेछन्। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन्। दिन मध्यम फलदायी रहला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। दैनिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला।

कन्या राशि – बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। केही उपहार प्राप्त गर्ने समय रहेको छ। गरेका कार्यहरूमा सफलता मिल्ला। सोचेअनुरुप कार्यले तीव्रता पाउनेछ। आफन्तको साथ र समर्थनले सहजता छाउला। शेयर लगानीबाट लाभ मिल्नेछ।

तुला राशि – सुख-दुःख, हाँसो-खुसी, लाभ-हानि बराबर प्राप्त होला। आत्मबल अलि बढाएर अगाडि बढ्नुपर्ने दिन रहेको छ। झिना-मसिना कार्यमा अल्झिएर समय व्यतीत हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। कानुनी मामिलामा सफलता मिल्नेछ। पति-पत्नीमा प्रेम बढ्ला।

वृश्चिक राशि – आँटेका कार्यहरू पूर्ण हुनेछन्। नयाँ कार्य गर्दा मन आत्तिने हुनसक्छ, धैर्यतापूर्वक प्रस्तुत हुनुपर्नेछ। शुभ कर्मको चर्चा चल्नेछ। आज भाग्यले साथ दिनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ।

धनु राशि – मनोबल उच्च रहनेछ। धर्मकर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ। धन एवं प्रतिष्ठा प्राप्त होला। आय-आर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त होला। वाणीमा मिठास छाउनेछ। कुटुम्ब वृद्धि हुनेछ।

मकर राशि – आज धैर्य एवं लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। सटही कारोबारमा गरिएका कार्यले पूर्णता प्राप्त गर्नेछ। शत्रुहरू कमजोर भए तापनि सक्रिय रहनेछन्, सजग रहनु पर्ला। दिन प्रेमिल हुनेछ। स्वास्थ्यमा भने अलिक ध्यान दिनुहोला।

कुम्भ राशि – मनमा अनेकन विचार बढ्नाले अशान्ति रहला। नयाँ कार्य गर्दा सोचविचार गरेर अगाडि बढ्नु होला। आज लाभ-हानि, आय-व्यय, दुःख-सुख बराबर हुने दिन रहनेछ। निर्णयात्मक क्षमतामा कमी आउला। आर्थिक क्षेत्रमा कठिनाइ आउला। स्वास्थ्यमा ख्याल राख्नु होला। एकाग्र भएर कार्य गर्नुभयो भने सफलता प्राप्त हुनेछ।

मीन राशि – आज कार्यमा सोचेअनुरुप सफलता मिल्नेछ। मान-प्रतिष्ठा बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कुनै पनि कार्यलाई लामो समय दिएर अगाडि बढ्दा शुभ हुनेछ। स्वास्थ्यमा भने निकै ध्यान दिनु होला।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र – तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार