
मेष : दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा केही ढिलाइ हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुने सम्भावना छ।
वृष : व्यवसायमा आकस्मिक लाभ मिल्नेछ। काममा मेहनतका साथ अघि बढ्नुपर्ने देखिन्छ। सामाजिक कार्यमा रुचि बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ पूर्ण रूपमा प्राप्त हुनेछ।
मिथुन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पुराना साथीहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या देखिन सक्छ। चिसोबाट बच्नुपर्ने दिन छ। परिवारमा झगडा हुने जोखिम देखिन्छ।
कर्कट : सोचेका काममा अवरोध सिर्जना हुन सक्छ। साथी नै विपक्षी बनेका कारण सचेत भएर काम गर्नुहोला। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सन्तानको शिक्षामा खर्च बढ्नेछ।
सिंह : दिन राम्रो छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस्। प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या : दैनिक काममा मेहनतको आवश्यकता देखिन्छ। अरूले गरिदिन्छ भन्ने सोच नगर्नुहोस्, आफ्नै प्रयत्न गर्नुपर्नेछ। कृषि तथा फलफूल व्यापारमा फाइदा हुनेछ। परिवारप्रति कर्तव्य पूरा नगर्दा संकट पर्न सक्छ। रचनात्मक कार्यमा रुचि बढ्नेछ।
तुला : शिक्षामा गरेको लगानीबाट जोश र जागर बढ्नेछ। निजी क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। राज्यको उच्च तहबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक नियुक्ति प्राप्त गर्ने सम्भावना छ। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ। मनका कुरा भन्न नसक्दा काम बिग्रन सक्छ।
वृश्चिक : दिन सामान्य छ। आफ्नै पहिचान बनाउने अवसर छ। दैनिकी सहज रहनेछ। ठूलै काममा हात नहाल्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने सम्भावना छ।
धनु : दिन सामान्य राम्रो छ। देखावटीपनबाट बच्नुहोला। अरूको विवादमा नपर्नुहोला। राज्यबाट साथ र सहयोग प्राप्त हुनेछ। देशमा भइरहेका गलत कार्यविरुद्ध आवाज उठाउने अवसर प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मकर : सञ्चित धन खर्च हुनेछ। धन खर्च भए पनि प्रतिष्ठा बढ्नेछ। दाजुभाइको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुन सक्छ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। विद्यार्थीहरू नतिजा बारे चिन्तित हुनेछन्।
कुम्भ : शुभ ग्रहको फल प्राप्त हुनेछ। अत्यधिक आत्मविश्वासले काम बिग्रन सक्छ, त्यसैले अग्रजको सल्लाह लिनुहोस्। व्यापारमा भन्दा राज्यका महत्त्वपूर्ण क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।
मीन : व्यवस्थित नभएर दुःख पाइनेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछन्। दिन सामान्य छ। हरेक काममा अवरोध आए पनि मेहनतले सफलता दिलाउनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ पाउँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क. लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९