२०८३ बैशाख १७ गते बिहिवार

नयाँ पाइलाकाे १० औं वार्षिकोत्सब :१ हजार ४ सय बढीलाई उपचार



दाङ, २१ माघ ।
नयाँ पाइला पुनःस्थापना केन्द्रले साेमबार १० औं वार्षिकोत्सब मनाएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको संस्थाले एक कार्यक्रमकाे आयाेजना गरि दशाैँ वार्षिकोत्सब मनाएकाे मनाएको हाे ।

वार्षिकोत्सबकाे अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले अहिलेसम्म १ हजार ४ सय बढीलाई उपाचार गरिसकेको बताउनुभयो ।

संस्थाका सल्लाहकार सुनिल पाेखरेल, मनाेपरामर्श विद शैलेश शर्मा, सल्लाहकार सुमन पाेखरेल लगायतले लागूऔषध दुर्व्यसनबाट मुक्त बनाएर नयाँ जीवन प्रदान गर्न संस्थाले खेलेकाे भुमिकाकाे प्रसंसा गर्नुभयो । कार्यक्रमकाे सहजीकरण प्रेस सल्लाहकार गाेकर्ण पाैडेलले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार