मेष: कार्यमा चाप बढ्नेछ। चिताएका कार्य सम्पादन गर्न अलि मेहनत गर्नुपर्ला। मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्छ। काममा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ, तर धैर्य गर्दा सफलता पाइनेछ। पारिवारिक सम्बन्धमा सामंजस्य राख्नुहोस्।
वृष: महत्त्वपूर्ण कार्यमा सहभागी भइनेछ। सोचेको जस्तै काम बन्नाले मन प्रसन्न हुनेछ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। प्रियजनहरूसँग राम्रो समय बित्नेछ।
मिथुन: शैक्षिक क्षेत्र अत्यन्त शुभ रहनेछ। मनमा चञ्चलता बढ्न सक्छ। काममा फोकस बढाउनुपर्नेछ, नत्र महत्त्वपूर्ण अवसर गुम्न सक्छ। आत्मबल उच्च हुनेछ, जसले नयाँ योजनाहरू अघि बढाउन प्रेरणा दिनेछ। दिन रमाइलोसँग बित्नेछ।
कर्कट: सानातिना विवादमा नपरेकै राम्रो हुनेछ। आर्थिक रूपमा मध्यम दिन रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। पारिवारिक समर्थनले महत्त्वपूर्ण निर्णयहरू गर्न सहयोग गर्नेछ। कार्य गर्दा पूर्णता दिने तर्फ ध्यान दिनु आवश्यक छ।
सिंह: काममा सफलता मिल्नेछ। नेतृत्व क्षमता बढ्नेछ। यात्राको सम्भावना छ, जसले नयाँ अवसरहरू खोल्नेछ। साथीभाइको साथले कार्यमा सहजता ल्याउनेछ।
कन्या: रोकिएका कानुनी प्रक्रियाहरू समाधान हुनेछन्। साझेदारीमा काम गर्दा सतर्क रहनु आवश्यक छ। नयाँ व्यवसाय वा लगानीका लागि अनुकूल समय होइन। खर्चमा नियन्त्रण गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, सावधान रहनुहोस्।
तुला: कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ। सामाजिक जीवन सक्रिय रहनेछ। आर्थिक रूपमा सुधार देखिनेछ। प्रेम सम्बन्धमा केही उतार-चढाव आउन सक्छ।
वृश्चिक: योजनाबद्ध रूपमा काम गर्दा सहज हुनेछ। कुनै पनि निर्णय गर्दा जानकार वा अग्रजको सल्लाह लिनु शुभ हुनेछ। काममा नयाँ अवसर प्राप्त हुनेछ। खर्च बढ्न सक्छ, तर आम्दानीका नयाँ स्रोतहरू फेला पर्ने सम्भावना छ।
धनु: व्यवसायिक सफलता मिल्नेछ। सल्लाहकारको भूमिकामा रहँदा उचित हुनेछ। बौद्धिक कार्यहरूमा सफलता मिल्नेछ। पारिवारिक जीवनमा शान्ति रहनेछ। नयाँ अवसरहरू मिल्न सक्छन्।
मकर: व्यवस्थित भएर अघि बढ्दा शुभ हुनेछ। पैतृक सम्पत्तिलाई लिएर विवाद हुन सक्छ, ख्याल गर्नुहोस्। आफ्ना योजनाहरूलाई राम्रोसँग कार्यान्वयन गर्नुहोस्। आर्थिक रूपमा सुधार देखिनेछ। पारिवारिक सल्लाह महत्त्वपूर्ण रहनेछ।
कुम्भ: आनन्दपूर्वक दिन बित्नेछ। नयाँ साथीहरू बनाउने अवसर मिल्नेछ। काममा सफलता पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ। चिताएका कार्यहरू पूर्ण हुनेछन्।
मीन: आयस्रोत बढ्नेछ। विवादास्पद कार्यहरू सम्पादन हुनेछन्। बोलीमा ध्यान दिनुहोस्। आर्थिक रूपमा स्थिरता आउनेछ। विद्यार्थीहरूका लागि आजको दिन विशेष महत्त्वपूर्ण रहनेछ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, दाङ
९८४८०६०७९९

