२०८२ असार ३ गते बुधवार

तपाईँको आजको राशिफल २०८१ माघ २९ गते मङ्गलबार



मेष :-आजको दिन उत्साहवर्धक रहनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

वृष :-आजको दिनमा सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। 

मिथुन :-आज आम्दानीका स्रोतहरू बढ्नेछन्। चाहना पूरा गर्न धन खर्च हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी आफैं राख्नुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ।

कर्कट :-आज समय शुभ छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

सिंह:-आजको दिनमा अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ।

कन्या:-आज व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। विद्यार्थीहरूलाई विद्याको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ।

तुला :-आज विदेशतिर जानेहरूलाई यात्राको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ, विशेषगरी बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक लेनदेनको लागि उपयुक्त समय पर्खिनुहोस्।

वृश्चिक :-आज साहस र पराक्रममा वृद्धि हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल रहनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ।

धनु :-आज धार्मिक यात्राको लागि योजना बन्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। वित्तीय वा सरकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्।

मकर :-आज नेटवर्किङ क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन्। सरकारी परीक्षाको तयारी गर्नुहुनेहरूको लागि समय उत्तम रहेको छ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा हुनेछ।

कुम्भ :-आज राजनीतिक क्षेत्रमा प्रभाव बढ्नको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा लगनशीलताले पदोन्नति योग रहेको छ। आकस्मिक धनलाभका योग छन्। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा बाणीका प्रभावले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ।

मीन:-आजको दिनमा नयाँ कामको थालनी हुनेछ। परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ। सोचेको भन्दा पनि राम्रो सफलता हात पर्ने समय रहेको छ। बाणीमा संयम राख्नुहोस्।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद्
सचिव- नेपाल ज्यौतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।

९८४८०६०७९९

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार