२०८१ चैत्र ३ गते आइतवार

फोनिज दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी



दाङ,१ पागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी चयन हुनुभएको छ । संघ बिहीबार तुलसीपुरमा भएको १० औं जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा दिपक जीएम, सचिवमा एचआर मगर, सहसचिवमा जयन्ती चौधरी, कोषाध्यक्षमा निता चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढामगर,प्रिया चौधरी र सुरक्षा चौधरी चयन हुनुभएको छ ।

यस्तै संघको प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा र जयन्ती चौधरी चयन हुनुभएको छ । महासंघको केन्द्रीय प्रतिनिधि सविन प्रियासन, जीतसागर जीएम र रीता लामा छनोट हुनुभएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार