२०८१ चैत्र ३ गते आइतवार

तपाईंको आजकाे राशिफल २०८१ फागुन ६ मंगलबार



मेष :-आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइ तपाईंको विपक्षीमा सक्रिय देखिन्छन्। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।

वृष :-बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नुपर्ने समय छ। परीक्षा भए आजको प्रयास सफल बन्नेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मिथुन :-दिन सामान्य छ। अरू बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

कर्कट :-दिन सामान्य छ। जन्मकुण्डलीमा शनिदेव अनुकूल भएमा सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। कार्यक्षेत्रमा गरेको संघर्ष सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह :-धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा विवाद हुने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

कन्या :-चन्द्रमा तपाईंको लग्न राशिमा पुगेका छन्। परोपकारमा सक्रिय भएमा सफलता मिल्नेछ। रोग नियन्त्रणका लागि भएको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ दिने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ।

तुला :-सञ्चित धन खर्च गर्ने दिन छ। खर्च बढ्दा मन उदास बन्नेछ। रोग प्रतिरोधी क्षमता बढाउन शान्त बन्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

वृश्चिक :-भाग्यको उदय हुने दिन छ। थालेको कामलाई निरन्तरता दिन सकेमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा चिसोबाट लाग्ने रोगको जोखिम रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

धनु :-दिन सामान्य छ। व्यापारमा सचेत बन्नुपर्ने छ। राजनीतिको नाममा लुट हुने भएकाले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने दिन छ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती बढ्नेछ।

मकर :-आफ्नो बोलीका कारण पछुताउनु पर्नेछ। गुम्न लागेको लगानी हात लाग्नेछ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ।

कुम्भ :-दिन सामान्य छ। शनिदेव जन्मकुण्डलीको तीन, ६ र ११ मा भएमा भने दिन सहज बन्नेछ। लगानीको क्षेत्रमा हात नबढाउनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुँदा विपक्षीबाट पनि राहत मिल्ने योग छ।

मीन :-दैनिकी राम्रो छ। मनमा उल्लास बढ्नेछ। शिक्षामा समय दिन नसक्दा लक्ष्य प्राप्त नहुने जोखिम छ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग रहेको छ।

माधवा शर्मा -ज्योतिषाचार्य तथा वास्तु विद् ।
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार