
दाङ,१ चैत । फागुपूर्णिमा अर्थात होली पर्व आज दाङसहित तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।
बिहिबार हिमाली एवं पहाडी जिल्लामा हाेली पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
होली पर्वका अवसरमा तराईका जिल्लाहरूमा सरकारले सार्वजनिक विदा दिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार