
दाङ,९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई दाङमा विशेष सम्मान गरिएको छ। पौडेल वंश महासंघ दाङले मन्त्री पौडेललाई स्वागत तथा सम्मान गरेको हो।
दाङकाे प्रसिद्ध धार्मिक स्थल सिद्धेश्वर शिव मन्दिर शितलपुर मन्दिर परिसरमा शनिबार महासंघले उहाँलाई सम्मान गरेको हो। मन्त्री पौडेललाई आत्मीयता र बन्धुत्वको भावना स्वरूप स्वागत गर्न महासंघका नेपाल केन्द्रीय सदस्य हरिहर पौडेल, दाङका अध्यक्ष कालिका प्रसाद पौडेल, उपाध्यक्ष केशवराज पौडेल, सचिव डिल्ली पौडेल लगायतका पदाधिकारीहरूको टोली सहभागी थियो।
स्वागत तथा सम्मान ग्रहण गर्दै मन्त्री पौडेलले भाइबन्धुहरूबीचको भाइचारा र बन्धुत्वको भावना अभिवृद्धि गर्न आफूलाई स्वागत गर्दा अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले भाइचारा र एकताको भावना सुदृढ गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
पौडेल वंश महासंघले विगतदेखि नै बन्धुत्वको भावना विकास गर्दै आएको छ।