२०८२ बैशाख ८ गते सोमवार

दाङमा सांग्रिला प्लाइ उद्योगमा भीषण आगलागी,नौ घण्टामा पनि नियन्त्रणमा आउन सकेन



दाङ, ११ चैत । दाङको सांग्रिला प्लाई उद्योगमा गएरातीदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन् । घोराही उपमहानगरपालिका-९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराती १ बजेतिरबाट भीषण आगलागी हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार आगो नियन्त्रणका लागि ७ वटा दमकल प्रयोग गरिएको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन्। अहिले बर्दियाको बाँसगढी नगरपालिकाको दमकल पनि आइपुगेको छ ।

आगो नियन्त्रणका लागि दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाकाका ३ वटा, नेपालगञ्जका २ वटा,कपिलवस्तुको १ वटा र बर्दियाको बाँसगढी नगरपालिकाकाे १ वटा गरी ७ वटा दमकल प्रयोग गरिएको छ ।

आगलागी भएको ९ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको छैन् । आगलागीका कारण वरपरको वस्ती जोखिममा छ । तर वस्ती टाढा भएकाले ठुलो जोखिम नभएको डिएसपी शाहले बताउनुभयो । प्रहरीका अनुसार बिहान पौने ९ बजेसम्म पनि आगो लागीरहेको छ ।

आगोले उद्योगमा ठूलो क्षति पुर्‍याएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।
आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार