
दाङ,११ बैशाख । महिलाहरूको सशक्तिकरण र नेतृत्व विकासका लागि दंगीशरण गाउँपालिका-२ सरुवाडाँडामा आजदेखि तीन दिने “महिला नेतृत्व तथा क्षमता विकास तालिम” सुरु भएको छ।
तालिम दंगीशरण गाउँपालिका वडा नम्बर २ काे आयोजना तथा ग्रिन फाउन्डेसन दाङको समन्वयमा सञ्चालन गरिएको हो। गाउँपालिकाको वार्षिक बजेट अन्तर्गत महिला लक्षित कार्यक्रमका रूपमा तालिम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन वडा नम्बर २ का वडा सदस्य लुमा चौधरीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का वलीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा भएकाे हाे ।
वडा सदस्य अञ्जना विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्रिन फाउन्डेसनका सदस्य सि.एम. विश्वकर्माले गर्नुभएको थियो।
तालिममा ग्रिन फाउन्डेसन दाङका उपाध्यक्ष आशा जी.सी., सदस्य गीता पौडेल, प्रशिक्षक शुष्मा गिरी लामिछाने, राम बहादुर जी.सी., दीपक परियार, महिला अधिकारकर्मी एषोद्वा शर्मा लगायत ३५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ।
तीन दिनसम्म सञ्चालन हुने तालिमबाट महिलाहरूमा नेतृत्व क्षमताको विकास, आत्मविश्वास अभिवृद्धि र समुदायमा प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास गरिएकाे छ ।