
तुलसीपुर, १३ वैशाख । तुलसीपुरका विभिन्न क्षेत्रमा आज ७ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने तुलसीपुर सवस्टेसन अन्तर्गत पुलबारी फिडर र हापुरे सवस्टेसन अन्तर्गत बाघमारे फिडर मर्मत र ११ के.भि. लाईन वरिपरीका रुखका हाँगाबिगा काट्नुपर्ने भएकोले आज ७ घण्टा विद्युत् अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
आज फुलबारी फिडर अन्तर्गतका बनगाँउ, पुकारपसल, सितलपुर, रनियापुर, फुलबारी, माथिल्लो मलई लगायतका आशिंक तथा सम्पूर्ण क्षेत्रहरु र बाघमारे फिडर अन्तर्गतका पातेटाकुरा, भलानेटी, बस्तिखोला, पेदीखोला, बाघमारे, हारीचार लगायतका आशिंक तथा सम्पूर्ण क्षेत्रहरुमा विद्युत् अबरुद्ध हुने वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
आज शनिबार विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत् अवरुद्ध हुने वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो । यसले गर्दा स्थानीय बासिन्दालाई असुविधा हुन सक्ने भएकाले वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
साथै निर्धारीत समय भन्दा अगाडी नै विद्युत् मर्मतको काम सम्पन्न भएमा विद्युत् सुचारु गरीने वितरण केन्द्र प्रमुख महतोले बताउनुभयो ।