दाङ, १८ बैशाख । बहुचर्चित घोराही-तुलसीपुर फोरलेन सडकमा पर्छ ग्वारखोला पुल । पुलमा दैनिकजसो १ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।
तर पछिल्लो समय पुलको बिचचिर खाडल बनिसकेको थियो । जसका कारण साना सवारी साधनलाई दुर्घटनाको जोखिम बढेको थियो ।
सोहि क्रममा तुलसीपुर–७ जितपुरका उपेन्द्र पौडेल, पर्सेनीका इन्द्र बहादुर र हरिकला भण्डारीले खाडलकै कारण स्कुटी अनियन्त्रित भएको देखेपछि बुधबार व्यक्तिगत लगानीमै खाडल पुर्नुभयो ।
खाडल पुरेपछि यात्रामा सहजता आएको समाजसेवी पौडेलले बताउनुभयो ।
‘पुलमा खाडल परेको हामी सबैले देखिरहेका थियौँ, तर कसैले पुर्ने आँट गरेनौँ ।’ उहाँले भन्नुभयो-‘पर्सेनीका समाजसेवी इन्द्रबहादुर जो शारिरीकरुपमा अशक्त हुनुहुन्छ , उहाँले त्यस खाल्डोलाई पुर्ने आँट गर्नुभयो, अनि हामीले पुरेका छौँ ।’
खाडल पुर्नका लागि आवश्यक सहयोग गर्ने इन्द्रबहादुर सहित हरिकला भण्डारीलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।

