दाङ, ८ जेठ । राप्ती राजमार्ग अन्तर्गत राम्री–कपुरकोट सडक आजदेखि फेरि एक सातासम्म बन्द हुने भएको छ । सडकको स्तरोन्नतीका लागि आजदेखि(बुधबार)१३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सडकको स्तरोन्नतीका लागि आजदेखि सवारी आवागमन बन्द गरिन लागिएको हो । बन्द हुने समयमा साना सवारी साधनले पैयाखोरिया-सातवास-किमुचौर-कपुरकोट सडक प्रयोेग गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार

