दाङ, ३० असार । पुरन्धारा छहरा नजिकै बबई नदिमा पौडि खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षका विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढामगर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
आज दिउँसो साढे २ बजेतिर बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा छहरा नजिकै बबई नदिमा साथीसंग पौडि खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी नायव निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिनुभयो ॥
प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार

