फाइल फोटो
दाङ, २६ साउन । दाङमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ३ प ५४२७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ४ प ६८८१ मोटरसाइकलले तुलसीपुर-७ बम्नैमा पछाडिबाट ठक्कर दिएको हो ।
दुर्घटनामा रा ३ प ५४२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-७ बम्नैका ५७ वर्षिय शालिकराम न्यौपाने गम्भिर घाइते हुनुभएको छ । न्यौपानेको टाउको र छातिमा चोट बढी चोट लागेको दछ ।
उहाँलाई उपचारका लागि संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.नेपालगंज लगिएको छ । यस्तै रा४प ६८८१ नम्बरको मोटरसाईकल चालक तुलसीपुर-७ बम्नैका २४ वर्षिय को डिल्लीराज चौधरी घाइते हुनुभएको छ । उहाँको हात खुट्टामा चोट लागेको छ । तर अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । दुवै सवारी साधन प्रहरी पोष्ट पर्सेनीको नियन्त्रणमा राखिएको छ ।
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार

