मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
गोपिनियता लाई ख्याल गदै आफनो कार्यलाई अगाडि बढाउदा सफलता रहनेछ । आम्दानी थोरै भए पनि आर्य आर्जनमा ठिकै रहला । रिस मान्नेहरु वाट कार्यमा वाधा रहनेछ । तपाईको परिश्रम वाट अरुलाई फाईदा रहनेछ । सन्चित रकम खर्च गर्ने बेला छ । छेनिक कार्यमा केहि लाभ रहने समय छ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अवसर प्राप्त रहनेछ तर विचार गरेर हात हाल्नु होला । अवसर वादीले समस्या गराउन सक्नेछन । आशा देखाउने वाट धोका रहेको छ । सोचेको काममा आंशिक लाभ रहनेछ । जग्गा,जमिन भूमि वाट सामान्य लाभ रहनेछ । काम गर्ने शिलशिलामा बिभिन्न व्यक्तिहरु सग भेटघाट रहने देखिन्छ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नसोचेको कार्यमा सफलता रहनेछ । सानो प्रयास वाट ठुलो सफलता रहनेछ । सामाजिक कार्यमा मन जानेछ । धार्मिक एवम मंगलमय कार्य बाट सफलता रहनेछ । व्यवसायमा सफलता रहनेछ । तपाईको कार्य वाट धेरैलाई सफलता रहनेछ । आफनो भन्दा अरुको काममा समय दिनु पर्नेछ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
ससाना काममा समय बढि वित्नेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । शैक्षिक क्षेत्रमा केहि समस्या रहनेछ । व्यावसायमा उतावचडाव रहनेछ । आशा देखाउने वाट समस्या रहनेछ । नाता गोता बाटै अप्ठेरो आउन सक्छ । घरेलु काममा बढि लाग्नु पर्नेछ । आर्थिक काममा केहि बिवाद रहन सक्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । मित्रताको साईनो गाँस्ने वेला छ । मेहनत वाट अवसर प्राप्त रहनेछ । धैर्यताको साथ काम लिने वेला भएको छ । व्यवसायमा सफलता रहनेछ छ । आयआर्जनमा सफलता रहनेछ । सवारी साधन प्रयोगमा सावधानी अपनाउनु राम्रो हुनेछ
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफनो कार्यमा अरुले अवसर लिन खोज्नेछन । आर्थिक क्रियाकलापमा सावधानी पुर्वक अगाडि बढनु होला । अनाबश्यक दौडधुप रहनेछ । आफनो फाईदा हुने कार्यहरु गोप्य राखेर अगाडि बढनु होला । कानुन पक्षमा सावधानी रहनु होला । तपाईको प्रयासले लक्ष्य प्राप्त गर्न सकिनेछ ।।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पढाई लेखाईमा समय दिन नसकिला । व्यापार व्यवसाय गरेका लागि फाईदा मध्ययम रहनेछ । नविन काम अगाडि बढाउन समस्या रहनेछ । स्वास्थ्यमा समस्या रहनेछ । सोचेको कार्यमा ढिला रहनेछ । तपाईको कार्यमा अरुले वाधा दिनेछन । व्यावसायिक काममा त्यति समय दिन नसकिएला ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
हतारको निर्णय बाट समस्या रहनेछ । स्थाहि सम्पत्तिमा केहि समस्या रहनेछ । पारिवारीक समस्या रहनेछ । विगतका गल्ति कमजोरीलाई सुधार गर्ने समय रहेको छ । नयाँ कार्य विस्तारै अगाडि बढाउनु होला । आएको अवसर सुरक्षित गर्नुहोला । तपाईको अलमलले काम मा ढिला हुनेछ । अगाडि बढनु होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समयले सोचेको भन्दा फरक परिस्थिति सृजना गराउनेछ । सहयोगि वाट धोका रहनेछ । सन्चित रकम खर्च गर्ने वेला रहेको छ । पारिवारीक असझदारी रहनेछ । परिस्थिति सँग जुध्ने प्रयास गर्नुहोला । मेहनत वाट सफलता रहेको देखिन्छ । आकस्मिक बस्तु प्राप्तिको योग छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा केहि रोकावट रहनेछ । तपाईको कमजोरी माथि कुरा चल्नेछ । बोल्दा बिचार गरि अगाडि बढनु होला । बोलिको फरक अर्थ लाग्नेछ । आर्थिक लेनदेनमा विवाद रहनेछ । विगतको परिश्रम वाट सफलता रहनेछ । काममा ढिला सुस्ती रहनेछ । तपाईको कमजोरी माथि कुरा गर्नेछन ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको मेहनत बाट जीवन शैलिमा परिवर्तन हनेछ । अग्रज व्यक्ति सँगको भेट हुनेछ । रोकिएका कामहरु सम्पादन हुनेछ । स्वादिस्ट भोजनको आनन्द मिल्नेछ । आर्थिक लाभ हुने कार्यमा लाग्नु पर्नेछ । आत्मा बिश्वासका साथ अगाडि बढनु होला । पारिवारीक गतिबिधिमा समय बित्नेछ ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
समय लाई व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ । खर्चमा वद्धि रहनेछ । आफन्तमा असझदारी बढनेछ । बाहिरी कार्य वा बिदेश क्षेत्र बाट लाभ रहनेछ । यात्रा मुलक समय देखिन्छ । प्रतिस्पर्धा बाट केहि लाभ रहनेछ । खर्चमा बृद्धि रहला । आलस्यताता जाग्नेछ । कार्य क्षेत्रमा लगानी युक्त समय रहनेछ ।
वास्तु ज्ञान
कार्यालय प्रमुख दिशा अनुसार स्थान मिलाएर बसेमा शुभ मानिन्छ ।प्रबन्धक तथा कार्यालय प्रमुखले आफनो कार्यालयकक्षलाई दक्षिण पश्चिम कुनामा बनाउनु पर्छ । आफनो कार्यकक्षमा उनीहरुले पूर्व वा उत्तरतिर फर्केर बस्नु पर्छ । तर उत्तर पश्चिम वा दक्षिण पूर्वी कुनामा कहिल्यै पनि हुनु हुँदैन ।

