२०८३ बैशाख १८ गते शुक्रवार

कालाखोलामा बाढी आएपछि अवरुद्ध घोराही-तुलसीपुर सडक सुचारु



दाङ, १९ साउन ।
बाढीका कारण अवरुद्ध घोराही-लसीपुर सडक संचालनमा आएको छ । गएराती आएको बाढीका कारण तुलसीपुर-७ कालाखोलामा रोकिएका सवारी साधन आज बिहान ८ बजेदेखि सुचारु भएका हुन् ।

कालाखोलामा पुलमाथि नै बाढी आएपछि सडक अवरुद्ध बनेको थियो भने एउटा अटोलाई बगाएको थियो । कालाखोलाले शुक्रबार गएराती करिब साढे ९ बजेतिर रा १ ह २३५७ नम्बरको अटो बगाएको हो ।

तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको अटोलाई बगाउँदा वेपत्ता भएका चालक तुलसीपुर-७ पर्सेनिका २२ वर्षका दुर्गा बहादुर पुनलाई सकुशल उद्दार गरि अस्पताल लगिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । पुनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार