२०८३ बैशाख २० गते आइतवार

तपाईकाे आजकाे राशिफल भदौ ३१ गते साेमबार



मेष राशि – आत्मविश्वास बढ्नेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। सृजनात्मक कार्यमा ध्यान दिँदा राम्रो हुनेछ। कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला।

वृष राशि – स्वास्थ्यमा ख्याल राख्नुपर्ला। कार्य क्षेत्रमा चुनौती थपिन सक्छ। धैर्यताले कार्यमा सहजता प्राप्त होला। व्यक्तिगत जीवनमा गोपनीयता राख्न आवश्यक छ। अनावश्यक विवादबाट टाढा रहँदा शुभ होला। आर्थिक पक्ष भने मध्यम छ।

मिथुन राशि – सृजनात्मक कार्यमा रुचि बढ्नेछ। व्यक्तिगत जीवनमा ध्यान दिनुपर्ला। अनावश्यक विवादमा पर्न सकिन्छ। स्वास्थ्य समस्या बढ्न सक्छ। साझेदारीमा काम गर्नु उपयुक्त नहुन सक्छ।

कर्क राशि – स्वास्थ्यमा ध्यान दिनुपर्ला। आज सन्तान र प्रेम सम्बन्धमा ख्याल राख्नुपर्ला। कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला। विवादबाट बच्नुपर्ला।

सिंह राशि – आर्थिक क्षेत्रमा सुधार हुनेछ। आत्मविश्वास बढ्नेछ। धर्मकर्ममा मन जानेछ। अधुरा कार्य पुनः सुचारु हुन सक्छन्। रचनात्मक कार्यमा सहभागिता हुनेछ।

कन्या राशि – अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यमा ख्याल राख्नुपर्ला। अनावश्यक विवादबाट बच्नुपर्ला। व्यवसायमा भने सोचेजस्तो सफलता प्राप्त नहुन सक्छ। राजनीतिक सफलता भने प्राप्त हुनेछ।

तुला राशि – सृजनात्मक कार्यमा रुचि बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। पारिवारिक सन्तुलन कायम हुनेछ। सृजनात्मक कार्यमा सफलता प्राप्त होला।

वृश्चिक राशि – स्वास्थ्यमा ध्यान दिनुपर्ला। कार्य क्षेत्रमा चुनौती बढ्न सक्छ। धार्मिक यात्रा हुन सक्छ। मित्रको सहयोग प्राप्त हुनेछ।

धनु राशि – खर्च बढ्नेछ। व्यक्तिगत जीवनमा गोपनीयता राख्न नसक्दा दुःख पाइनेछ। विद्या र ज्ञानले परिपूर्ण हुनेछ, पारिवारिक सन्तुलन कायम होला। आर्थिक क्षति भने सहनु पर्नेछ।

मकर राशि – धैर्यता र लगनशीलताले कार्य सजिलै सम्पन्न हुनेछन्। दिन प्रेमिल हुनेछ। शिक्षा क्षेत्रमा शुभ रहनेछ। आत्मविश्वास बढ्नेछ। अनावश्यक विवादमा पर्न सकिन्छ।

कुम्भ राशि – स्वास्थ्यमा ख्याल राख्नुपर्ला। अनावश्यक विवादबाट बच्नुपर्ला। कार्य क्षेत्रमा भने उन्नति हुनेछ।

मीन राशि – स्वास्थ्य विग्रिन सक्छ, ख्याल राख्नुपर्ला। विवादमा पर्नाले मनमा खिन्नता छाउनेछ। खर्च बढ्न सक्छ। आर्थिक सुधार भने हुनेछ। ध्यान र योगलाई जोड दिँदा दिन शुभ रहनेछ।

आजको लागि वास्तु टिप्स

प्रवेश द्वारमा वा गेटमा रंग छान्दा कालो रंग नलगाउनु राम्रो हुन्छ। क्रिमी रंग तथा अन्य शुभ रंग मूल गेटमा उपयुक्त हुन्छ।
मूल ढोका पूर्व वा उत्तरतर्फ राख्दा शुभ मानिन्छ, तर घर मालिकको राशि र दिशानुसार पश्चिम वा दक्षिण पनि शुभ हुन्छ। ईशान, आग्नेय, नैऋत्य, वा वायव्य कोणलाई छोएर गेट राख्नु भने उपयुक्त हुँदैन।
झ्यालहरू पूर्व र उत्तरतर्फ ठूला राख्नु उचित हुन्छ भने दक्षिण र पश्चिममा कम र सन्तुलित रूपमा राख्दा शुभ हुन्छ।

ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

 

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार