मेष राशि – आज दिन शुभ रहला। उन्नति एवं प्रगति होला। शैक्षिक तथा वैदेशिक कार्य सफल होलान्।
वृष राशि – आज मन प्रसन्न रहला। रोकिएका कार्य पुनः सुचारु होलान्। सामाजीक क्षेत्र सफल रहला।
मिथुन राशि – आज दिन शुभ रहेको छ। विभिन्न अवसर प्राप्त होला। व्यवसाय तथा भूमिवाट लाभ होला।
कर्कट राशि – अनावश्यक धन खर्च होला, चोटपटकको भय रहला। आज सोचेअनुरूप काम बन्ने छैन।
सिंह राशि – रचनात्मक कार्यमा प्रेरित भइएला। दिन प्रेमिल रहला। विपरीत लिङ्गको सहयाेगले कार्यमा सहजता होला।
कन्या राशि – जोश बढेर आउला। आर्थिक सफलता मिल्ला। साथीभाइको सहयाेगले अफ्ठ्यारा कार्यमा सहजता आउला।
तुला राशि – सामाजीक तथा धार्मिक कार्यमा सहभागी भइएला। आसा मारेका कार्य सम्पादन हुनेछन्।
वृश्चिक राशि – अनावश्यक यात्रा होला। झमेलामा परिएला। मित्र तथा सन्तान सुख भने प्राप्त होला।
धनु राशि – जीवनमा नयाँ आगमनले मन प्रसन्न रहला। रोकिएको धन प्राप्त होला।
मकर राशि – रोकिएका कार्य पुनः सुचारु होलान्। आज तपाईँकाे श्रमकाे मूल्याङ्कन हुने दिन रहेको छ।
कुम्भ राशि – आज दिन शुभ रहेको छ। बाैद्धिक विकास होला। परिवारको साथ प्राप्त होला।
मीन राशि – आज काम विग्रन सक्छ, ख्याल राख्नु होला। मानसिक विचलन बढ्ला। योग, ध्यानलाई जोड दिंदा शुभ होला।
वास्तु टिप्स
घरमा बच्चाहरू बिरामी भइ रहन्छन्? पारिवारिक झमेला भइरहन्छ? यदि त्यसो हो भने हप्तामा २ दिन नुन र सर्फ पानिमा मिसाएर घरको पोछा लगाउनु वा लिपपोत गर्नुहोस्। यसले नकारात्मक उर्जालाई हटाएर सकारात्मक उर्जा बनाउन मद्दत गर्छ र पारिवारिक समस्या विस्तारै हटेर जान्छ।
ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

