मेष राशि: आज बोल्दा विशेष ख्याल गर्नुहोला। शत्रुमाथि विजय प्राप्त हुनेछ तर यात्रामा कष्ट आइपर्न सक्छ। आफन्तहरूको सहयोग प्राप्त नहुन सक्छ भने अनावश्यक खर्च हुनेछ।
वृष राशि: समयको सदुपयोग हुनेछ। निर्णय क्षमता बढ्नेछ। वैदेशिक कार्यहरू सफल हुनेछन्।
मिथुन राशि: साथीभाइको सहयोगले काम सहज हुनेछ। तपाईको लगनशीलताको प्रशंसा हुनेछ।
कर्कट राशि: मिष्ठान्न भोजन प्राप्त हुनेछ। सुखद यात्रा हुनेछ। अरूको मन जित्न सकिने समय छ।
सिंह राशि: चोटपटक लाग्न सक्छ, सचेत रहनुहोस्। यात्रा गर्दा विशेष ख्याल गर्नुहोस्। आफ्नो निर्णय आफैंलाई भारी पर्न सक्छ।
कन्या राशि: आशा मरेका काममा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ। दाम्पत्य सुख प्राप्त हुनेछ। तपाईको प्रशंसा हुनेछ।
तुला राशि: सामाजिक कार्यमा मन जानेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम पुन: सुचारु हुनेछन्।
वृश्चिक राशि: नयाँ ज्ञान हासिल हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफ्नो प्रभुत्व जमाउन सकिने समय छ।
धनु राशि: झमेलामा पर्ने सम्भावना छ। परिवारमा समस्या आउन सक्छ। साधारण काममा विवादित बन्ने खतरा छ। अधिकार प्राप्त गर्न संघर्ष गर्नुपर्नेछ।
मकर राशि: आर्थिक पक्ष बलियो हुनेछ। रोकिएको धन प्राप्त हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कुम्भ राशि: नयाँ व्यक्तिहरूसँगको भेटघाटले महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। अवसरहरू प्रसस्तै मिल्नेछन्। यात्रामा आनन्द लिन सकिने दिन छ।
मीन राशि: राजनीतिक तथा वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ। विपरीत लिङ्गको सहयोगले काममा सहजता मिल्नेछ। यात्रा तथा स्वास्थ्यमा भने ध्यान दिनुहोस्।
आजको वास्तु टिप्स
पितृ खुसी बनाउन के गर्ने?
काग, कुकुर, गाई, र कमिलालाई दैनिक भोजन खुवाउने।घरको सरसफाईमा ध्यान दिने।घरका अग्रजहरूको सम्मान गर्ने।अत्यन्त दुःखीलाई भोजन गराउने।भगवान् र पितृका फोटा एकै ठाउँमा नराख्ने।प्रत्येक औँसीमा दक्षिण दिशातर्फ फर्केर तर्पण दिने र पितृलाई सम्झेर दियो बाल्ने।

