मेष राशि – आज बोल्दा ख्याल गर्नु होला। शत्रु विजय हुनेछन्। यात्रामा कष्ट रहला। आफन्तको सहयोग पाईने छैन। खर्च अनावश्यक होला। अध्ययनमा मन जाने छैन। फलामजन्य वस्तुबाट सजग रहनुहोला।
वृष राशि – समयको सदुपयोग हुनेछ। निर्णयात्मक क्षमतामा वृद्धि हुनेछ। वैदेशिक कार्य सफल हुनेछन्। व्यवसायिक उन्नति हुनेछ। शैक्षिक उन्नति हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला।
मिथुन राशि – साथीभाइको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। तपाईंको लगनशीलताको प्रशंसा हुनेछ। साहस, बौद्धिकता तथा रचनात्मकतामा वृद्धि हुनेछ। मनमा हर्ष छाउला।
कर्कट राशि – मिष्ठान्न भोजन प्राप्त होला। सुखद यात्रा हुनेछ। अरुको मन जित्न सक्ने समय छ। मित्र सहयोगले कार्य सम्पादनमा सहयोग हुनेछ। योजनाहरू गोप्य राख्नु शुभ हुनेछ। शत्रुमाथि विजय प्राप्त होला।
सिंह राशि – चोटपटक लाग्न सक्छ, सचेत रहनु होला। वाहन यात्रा गर्दा विशेष ख्याल गर्नु होला। आफैंले गरेको निर्णय आफैंलाई भारी पर्न सक्छ। आज केहि चुनौतीको सामना गर्नुपर्नेछ।
कन्या राशि – आशा मारिएका कार्यमा सफलता मिल्ला। मन प्रसन्न हुनेछ। दाम्पत्य सुख प्राप्त होला। तपाईंको प्रशंसा हुनेछ। यात्रामा सफलता मिल्ला।
तुला राशि – सामाजिक कार्यमा मन जाला। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। रोकिएका कार्य पुनः सुचारु होलान्। व्यवसायिक सफलता मिल्ला। लेनदेनको लागि आजको दिन शुभ छ।
वृश्चिक राशि – नयाँ ज्ञान हासिल गर्न सकिने दिन। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। आफ्नो प्रभुत्व जमाउन सकिने छ। सन्तान पक्षबाट सुख प्राप्त होला। अधुरा कार्य पुनः सुचारु होलान्।
धनु राशि – स्वास्थ्य सुधार भई कार्यमा पुनः अघि बढ्ने समय छ। खर्च बढ्न सक्छ, विचार पुर्याउनु होला। मिष्ठान्न भोजन प्राप्त होला। उन्नति र प्रगतिको समय छ। ऋण र शत्रु पराजित हुनेछ।
मकर राशि – स्वास्थ्यमा केहि असजिलो होला, धन खर्च होला। प्रतिस्पर्धामा सफलता मिल्ला। रोकिएका कार्य पुनः सुचारु होलान्। सामाजिक तथा धार्मिक कार्यमा मन जाला।
कुम्भ राशि – नयाँ व्यक्तिसँग भेटघाटले महत्त्वपूर्ण कार्य पूर्ण हुनेछ। अवसरहरू प्रसस्त प्राप्त होलान्। यात्रामा आनन्द आउनेछ। नयाँ व्यवसायमा लगानी गर्दा पनि फाइदा हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला।
मीन राशि – राजनीतिक तथा वैदेशिक कार्यमा सफलता मिल्ला। विपरित लिङ्गको सहयोगले कार्यमा सहजता हुनेछ। सुखद खबर सुन्न पाइनेछ। यात्रामा तथा स्वास्थ्यमा ख्याल गर्नु होला।
वास्तु टिप्स:
श्रीमान्-श्रीमतीबीच झगडा भइरहन्छ भने सेतो रंगको तन्ना बिच्छाउनु पर्छ, प्रेम बढ्छ।बच्चाको मन पढाइमा जाँदैन भने हल्का पहेंलो रंगको तन्ना बिच्छाउनु राम्रो हुन्छ।सन्तान सुख प्राप्त गर्न गुलाबी रंगको तन्ना बिच्छाउनु राम्रो हुन्छ। कालो वा नीलो रंगको तन्ना बिच्छाउँदा अशान्ति र अनिद्रा बढ्न सक्छ।
ज्योतिषी तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

