२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल २०८१ असोज २३ गते बुधबार



मेष राशि: नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। साहसिक निर्णयले ठूलो सफलता हात लाग्नेछ। सम्बन्धहरूमा सुधार आउँछ। आर्थिक मामिलामा ध्यान दिनु आवश्यक छ। यात्राको सम्भावना छ।

वृष राशि: धार्मिक तथा सामाजिक क्रियाकलापमा सहभागी भइनेछ। आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुधार हुनेछ। पारिवारिक जीवनमा ध्यान दिनुहोस्। यात्रामा विशेष ख्याल राख्नु आवश्यक छ।

मिथुन राशि: बाणिको प्रशंसा हुनेछ। सही समयमा सही निर्णय गर्न सकिनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस्। सम्बन्धमा ऊर्जा र उत्साह बढ्नेछ।

कर्कट राशि: पारिवारिक जीवनमा सुमधुरता कायम हुनेछ। कार्य क्षेत्रमा प्रतिष्ठा बढ्नेछ, नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ योजनाका लागि समय अनुकूल छ।

सिंह राशि: कार्य क्षेत्रमा प्रगति हुनेछ। उत्साह र आनन्दमय जीवन हुनेछ। आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। सृजनात्मक कार्यमा सरिक भइनेछ। आर्थिक पक्षमा सबल हुनेछ।

कन्या राशि: आज तपाईंको विश्लेषण क्षमता उच्च हुनेछ। पारिवारिक पूर्ण समर्थन प्राप्त हुनेछ। आर्थिक उन्नति हुनेछ। स्वास्थ्यमा सवलता रहनेछ।

तुला राशि: तपाईंको हिम्मत र नेतृत्व क्षमतामा वृद्धि हुनेछ। पारिवारिक मामिलामा ध्यान दिनुहोस्। आर्थिक क्षेत्रमा अलि सजग रहनु पर्नेछ। यात्रा गर्दा विशेष ख्याल राख्नु होला।

वृश्चिक राशि: धर्मकर्ममा मन जानेछ। यात्राको योजना बन्नेछ। आतिथ्य सम्मान प्राप्त हुनेछ। आर्थिक निर्णय गर्दा विशेष ख्याल राख्नुहोस्।

धनु राशि: धर्मकर्ममा मन लाग्नेछ। कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। आर्थिक पक्षमा सुधार हुनेछ। सम्बन्धमा केही धमिलोपन आउन सक्छ, तर तपाईंको कार्यको प्रशंसा हुनेछ।

मकर राशि: कार्यक्षेत्रमा धैर्यता र लगनशीलताले सफलता मिल्नेछ। शिक्षा र सृजनशीलतामा प्रगति हुनेछ। आर्थिक निर्णय गर्दा सोचविचार गर्नुहोस्। स्वास्थ्यमा सुधार हुनेछ। नोकरीमा स्थानान्तरण वा पदोन्नतिको सम्भावना छ।

कुम्भ राशि: स्वादिष्ट भोजन प्राप्त हुनेछ। बौद्धिक क्षमतामा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक प्रेम बढ्नेछ। आर्थिक पक्षमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्य सुधारोन्मुख हुनेछ।

मीन राशि: आज आफूलाई कमजोर महसुस गर्न सक्नुहुन्छ। यात्रा गर्दा विशेष ख्याल राख्नुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। तर पारिवारिक प्रेममा वृद्धि हुनेछ। निर्णय गर्दा सोचविचार गर्नुहोस्।

वास्तु टिप्स:फ्रिजमा औषधि राख्न उचित होइन, यसले औषधिको प्रभाव कम गर्न सक्छ किनभने फ्रिजलाई केतुको कारक मानिन्छ।ओछ्यानमा बसेर खाना खानु हुँदैन, यसले १२ भाव सक्रिय भएर ऋण बढ्न सक्छ।ओछ्यान मुनि जुत्ता, चप्पल राख्न हुँदैन।

ज्योतिषी तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार