तुलसीपुर २३ असोज ।
तुलसीपुरका गोमा खड्काले बिपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको छ । तुलसीपुरमा घर भइ वडा नम्बर १३ फुलबारीमा रहेको माइती गाउँमा उहाँले आज
खाद्यान्न वितरण गर्नु भएको हो ।
दशैकोमा कोहि पनि भोकै बस्न नपरोस् भनेर राहत उपलब्ध गराएको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनु भएको छ । खड्काको लगानी तथा १३ नम्बर वडाको समन्वयमा राहत वितरण गरिएको हो ।
चाडपर्व भित्रिएको समयमा छाक जुटाउन मुस्किल परेका विपन्न परिवारलाई राहतस्वरुप ४० हजार बराबरको चामल र तेल वितरण गरेको गोमा बताउनुभयो । उहाँले २० घरपरिवारलाई २० बोरा चामाल र २० लिटर तेल उपलब्ध गराउनु भएको हो ।
१३ नम्बर वडाले विगतदेखि नै विभिन्न व्यक्ति, संघसंस्थासंग समन्वय गरेर विपन्न तथा दलित परिवारलाई राहत उपलब्ध गराउँदै अध्यक्ष पौडेलले जानकारी दिनभयो
प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार

