२०८३ जेष्ठ ११ गते सोमवार

तपाईको आजको राशिफल २०८१ असोज २४ गते बिहीबार



मेष राशि – आज अलिक ध्यान पुराएर काम गर्नु उचित हुनेछ। वादविवादमा नपर्नु होला, बोल्दा विचार पुर्याउनुहोस्। खर्चको सम्भावना छ, निर्णय गर्दा सोचविचार गर्नु राम्रो हुन्छ। सामाजिक र पारिवारिक सहयोग पाउनु हुनेछ।

वृष राशि – आकस्मिक धन लाभको योग छ। साथीभाइको सहयोगले कार्यमा सहजता आउला। परिवारमा रमाइलो वातावरण बन्नेछ र रमाइलो यात्रा पनि हुनेछ।

मिथुन राशि – मन प्रसन्न रहनेछ। तपाईंको बौद्धिकताको प्रशंसा हुनेछ। कार्य सफल हुने समय छ र धार्मिक क्रियाकलापमा मन जानेछ।

कर्कट राशि – आर्थिक र सामाजिक पक्ष बलियो बन्नेछ। रोकिएका कार्य फेरि सुरु हुनेछन्। बुद्धिको सही प्रयोगले कार्य सम्पन्न गर्न सहयोग हुनेछ।

सिंह राशि – आजको दिन मिश्रित फल दिनेछ। सामान चोरी वा हराउने सम्भावना छ। अल्छीपनले काममा बाधा पुर्याउन सक्छ।

कन्या राशि – वाणीको प्रभावले कार्यमा सहजता आउनेछ। साझेदारीमा गरिएका कार्यमा लाभ प्राप्त हुनेछ। मनमा हर्ष छाउनेछ र सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ। अनपेक्षित ठाउँबाट धन प्राप्त हुने सम्भावना छ।

तुला राशि – कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ। धनार्जनका धेरै स्रोत भेटिनेछन् तर बेलुकीतिर धन खर्च हुनेछ। भौतिक सरसामानको क्षति हुनसक्छ, यात्रा गर्दा सतर्क हुनुहोला।

वृश्चिक राशि – सम्बन्धमा सुधार आए पनि मनमा चिन्ता रहनेछ। तपाईँको कर्मले कार्यक्षेत्रमा महत्वपूर्ण नतिजा दिनेछ। बिहान सुखद् रहनेछ तर बेलुकीतिर अल्छीपनले काम बिग्रन सक्छ। यात्रा सुखद् हुनेछ।

धनु राशि – आज तपाईँको नेतृत्व क्षमता निखारिनेछ। सामान चोरी वा हराउने सम्भावना छ। स्वास्थ्यमा केही समस्या आउनसक्छ। आफन्तको सहयोगले केही सहजता आउनेछ।

मकर राशि – नयाँ काम थाल्न उपयुक्त समय छ। धन खर्च तथा पारिवारिक आर्थिक समस्यामा वृद्धि हुनसक्छ। अतिथिको सत्कार पाउनुहुनेछ र प्रशंसा पनि प्राप्त हुनेछ।

कुम्भ राशि – मन प्रसन्न रहनेछ। क्षमताको कदर हुनेछ। सोचेजस्तै काम सम्पन्न हुनेछन्, तर खर्च बढ्नेछ। पारिवारिक मामिलामा ध्यान दिनुहोला, आर्थिक चुनौतीहरू पनि बढ्नसक्छन्।

मीन राशि – धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। नयाँ योजना बन्ने समय छ। आर्थिक पक्षमा सुधार हुनेछ। नजिकको व्यक्तिबाट पूर्ण साथ पाउनुहुनेछ।

वास्तु टिप्स
बच्चा पढ्न मान्दैनन्, पढेको कुरा याद गर्दैनन् भने पढ्ने ठाउँ उत्तरमुखी बनाएर पढाउनुहोस्, यसो गर्दा सुधार देख्न सकिन्छ। बच्चाको सुत्ने कोठामा पिंक रंग लगाउँदा उनीहरू शान्त र भद्र हुनेछन्।

ज्योतिषी तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार