दाङ, २५ असाेज ।तुलसीपुर ७ पर्सेनीमा रहेको अस्थाइ प्रहरी पोष्टले नवमीको अवसरमा पुजापाठ गरेको छ । आज (शुक्रबार) प्रहरी पोष्टमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी हतियारहरुको पुजा गरिएको पोष्टका इन्चार्ज शिवबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँले हिजो अष्टमीको दिन कालरात्रीको पुजा गरेको बताउनुभयो । हरेक बर्ष प्रहरी पोष्ट पर्सेनीले दशैं सुरु भएपछि आजकै दिनमा यस्ता कार्यक्रम गर्दै आएको छ । त्यस अबसरमा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीले संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो ।
प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार

