२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल २०८१ असोज २८ गते सोमबार



मेष राशि – महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। मन प्रफुल्ल रहला। शेयर मार्केटमा सोचेअनुरूप फाइदा हुने छैन। स्वास्थ्यमा ख्याल राख्नु होला।

वृष राशि – आज तपाईंको दिन खुसीसाथ बित्नेछ। हर्ष, उल्लास छाउला। व्यवसाय राम्रो रहनेछ। वित्तीय संस्थाबाट लाभ मिल्नेछ। अध्ययनमा भने मन जाने छैन।

मिथुन राशि – अधुरा कार्य पुन: सुचारु होलान्। बैदेशिक क्षेत्रमा मार्ग प्रशस्त रहला। आर्थिक उन्नति होला। पारिवारिक जीवनमा चुनौती थपिनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।

कर्कट राशि – धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्ला। अध्ययन अनुसन्धानमा मन जाला। विश्लेषण क्षमता उच्च रहला। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला।

सिंह राशि – दिन रमाइलोसँग बित्नेछ। प्रेमी प्रेमिका बीच सुमधुर सम्बन्ध कायम होला। पारिवारिक सद्भाव बढ्ला। व्यवसायिक सफलता मिल्ला। पुराना समस्या सुल्झनेछन्, आर्थिक पक्ष बलियो रहनेछ।

कन्या राशि – कार्यक्षेत्रमा कठिनाइ आउन सक्छ, ध्यान दिनु होला। आज तपाईंको आत्मविश्वास उच्च हुनेछ। घरमा अतिथिलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ।

तुला राशि – आर्थिक क्षेत्रमा अनिश्चितता रहन सक्छ। धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ। सामाजिक कार्यमा मन जाला। धार्मिक कृत्यमा सरिक भइएला। दिन प्रेमिल हुनेछ।

वृश्चिक राशि – साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउला। दोहोरो लाभ प्राप्त गर्न सकिएला। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ कार्यको योजना बन्नेछन्। तर सामान हराउने वा चोरी हुने हुन सक्छ, विशेष ख्याल राख्नु होला।

धनु राशि – धर्मकर्ममा मन जाला। सामाजिक कार्यमा रुचि बढ्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्ला। आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ। यात्राको योग रहेको छ।

मकर राशि – धार्मिक कर्ममा मन जाला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।

कुम्भ राशि – आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ। सामाजिक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। कार्य सम्पादनमा केही समस्या आउला, तर आर्थिक पक्ष बलियो हुनेछ।

मीन राशि – सानातिना कार्यमा अल्झिनु पर्नेछ। आर्थिक मामिलामा सजग हुनुहोला। सृजनात्मक कार्यमा रुचि बढ्नेछपारिवारिक सद्भावमा मिठास आउला। स्वास्थ्यमा ख्याल राख्नु पर्ला।

ज्योतिषी तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, दाङ
फोन: ९८४८०६०७९९

 

 

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार