२०८२ चैत्र २ गते सोमवार

तपाईको आजको राशिफल २०८१ साल असोज २९ गते मङ्गलबार



मेष राशि – प्रतिस्पर्धामा कमजोर बनिएला, तर न्यायिक कार्यमा सफलता मिल्ला। मन प्रफुल्ल रहला। साथीभाई, ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ। सुखद् यात्रा हुनेछ।

वृष राशि – नयाँ–नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। हर्ष, उल्लास छाउला। व्यवसाय राम्रो रहनेछ। तपाईँको कार्यको प्रशंसा बढ्नेछ। वाणिमा मधुरता छाउनेछ।

मिथुन राशि – अधुरा कार्य पुनः सुचारु होलान्। आर्थिक उन्नति होला। घुमफिर र रमाइलो छोटो यात्रा हुनेछ। बौद्धिकता वृद्धि हुनेछ। एउटै कामद्वारा दोहोरो लाभ उठाउन सकिनेछ।

कर्कट राशि – आर्थिक भारले मन खिन्न हुनेछ। काममा ढिला सुस्ती हुनेछ। हतारमा गरेको निर्णयले मन दुखि बनाउला। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला। अपराह्नपछि समय सुधार होला।

सिंह राशि – दिन रमाइलोसँग बित्नेछ। प्रेमी–प्रेमिका बीच सुमधुर सम्बन्ध कायम होला। पारिवारिक सद्भाव बढ्ला। वित्तीय संस्थाबाट सहयोग प्राप्त होला। तपाईँको क्षमताको कदर हुनेछ।

कन्या राशि – इच्छित कामना पूर्ण हुनेछन्। आज तपाईँको आत्मविश्वास उच्च हुनेछ। पारिवारिक प्रेम बढ्नेछ। रोकिएका कार्यहरूले तीव्रता पाउनेछ। मन प्रसन्न हुनेछ।

तुला राशि – आर्थिक क्षेत्रमा अनिश्चितता रहन सक्छ। धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ। लगनशीलताको कमी होला। धार्मिक कृत्यमा सरिक भइएला। दिन प्रेमिल हुनेछ। यात्रा गर्दा सजग रहनु पर्ला।

वृश्चिक राशि – साहसिक निर्णयले कार्य सफल हुनेछन्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ, विशेष ख्याल राख्नु होला। झमेलामा परिन सक्छ, ख्याल गर्नु होला।

धनु राशि – धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्ला। आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ। यात्राको योग रहेको छ।

मकर राशि – धार्मिक कर्ममा मन जानेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। जीवनसाथीसँग गरिएको निर्णयले सफलता पाउनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।

कुम्भ राशि – सामाजिक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। अधुरा र लामो समयदेखि रोकिएका कार्य पुनः सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ।

मीन राशि – सानातिना कार्यमा अल्झिनु पर्नेछ। पारिवारिक सद्भावमा मिठास आउला। प्रेमी–प्रेमिका बीच केही दरार आउन सक्छ। स्वास्थ्यमा ख्याल राख्नु पर्ला। स्वादिष्ट भोजन प्राप्त होला।

ज्योतिषी तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, दाङ
फोन: ९८४८०६०७९९

 

 

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार