मेष राशि – प्रतिस्पर्धामा कमजोर बन्न सकिनेछ। सामान चोरी हुने वा हराउने सम्भावना छ। वादविवाद वा झमेलामा पर्न सकिन्छ। आफन्तसँग मनमुटाव हुन सक्छ। बेलुकाको समय भने सकारात्मक हुनेछ। काम गर्दा विशेष ख्याल गर्नुहोला।
वृष राशि – यात्राको अवसर प्राप्त हुन सक्छ। दीर्घकालीन फाइदाका कार्यमा सहभागी भइनेछ। नयाँ-नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। हर्ष, उल्लास छाउनेछ। व्यवसाय राम्रो रहनेछ। तपाईंको कार्यको प्रशंसा बढ्नेछ। वाणीमा मधुरता आउनेछ।
मिथुन राशि – बुद्धिको प्रयोगले गरिएका कार्यले सफलता मिल्नेछ। अधुरा कार्य पुनः सुचारु हुनेछन्। आर्थिक उन्नति हुनेछ। घुमफिर र रमाइलो छोटो यात्रा हुनेछ। बौद्धिकता वृद्धि हुनेछ। एउटै कामद्वारा दोहोरो लाभ उठाउन सकिनेछ।
कर्कट राशि – धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा मन जानेछ। सभा-समारोहमा सहभागी हुने अवसर मिल्नेछ। जटिल र रोकिएका कार्य पुनः सुचारु हुनेछन्। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला।
सिंह राशि – आज हरेक काम गर्दा बुद्धिको प्रयोग गर्नुहोला। कार्यमा बाधा-अड्चन आउन सक्छ। विभिन्न विचारले मन खिन्न हुन सक्छ। पारिवारिक वा दाम्पत्य जीवनमा निराशा छाउला। व्यवसायमा भने केही सफलता मिल्नेछ।
कन्या राशि – पारिवारिक प्रेम बढ्नेछ। रोकिएका कार्यहरू तीव्रता पाउनेछन्। मन प्रसन्न हुनेछ। भूमिसम्बन्धी अधुरा कार्य सफल हुनेछन्। न्यायिक सफलता पनि मिल्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
तुला राशि – अनेक अवसर प्राप्त हुनाले मनमा हर्ष उल्लास छाउनेछ। सफलताले तपाईंलाई पछ्याउनेछ। मान-प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। दिन प्रेमिल हुनेछ। सफल यात्राको योग छ।
वृश्चिक राशि – साहसिक निर्णयले कार्य सफल हुनेछन्। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमी-प्रेमिकाबीच सुमधुर सम्बन्ध बन्नेछ। सफल यात्राको सम्भावना छ। पारिवारिक सहयोगले नसोचेका कार्यहरू सहजै सफल हुनेछन्।
धनु राशि – मनमा दोधारेपन उत्पन्न हुनेछ। दबाब र तनावको अनुभूति हुन सक्छ। कार्यहरू ठप्प हुने सम्भावना छ। जिद्दीपनले काम बिग्रन सक्छ। धन खर्च हुने संकेत छ। बेलुका पछि समय केही सुधारिनेछ।
मकर राशि – धार्मिक कर्ममा मन जानेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। व्यवसायिक सफलता मिल्नेछ। शेयर बजारमा लगानी गर्दा भने ख्याल गर्नुहोला, त्यति शुभ छैन।
कुम्भ राशि – सामाजिक र व्यवसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। अधुरा र लामो समयदेखि रोकिएका कार्य पुनः सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ। सामाजिक कार्यमा मन जानेछ। तपाईंको आज प्रशंसा बढ्नेछ।
मीन राशि – आजको दिन रमाइलो रहनेछ। पारिवारिक सद्भावमा मिठास छाउनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्छ। स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। तपाईंको वाणीका कारण कार्य सम्पादनमा सहजता आउनेछ।
ज्योतिषी तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, दाङ
फोन: ९८४८०६०७९९

