२०८३ बैशाख १९ गते शनिवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक ७ गते बुधबार



मेष राशि – आफ्नै क्षमतामा महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। कसैबाट कुनै गिफ्ट वा अलंकार प्राप्त होला। शुभ कर्ममा सहभागिता हुनेछ। धार्मिक वा सामाजिक कार्यमा मन जानेछ। आदर्श व्यक्तिसँग सहकार्य हुनेछ।

वृष राशि – शुभ समाचार सुन्न पाइनेछ। आँटेको कार्य सफल हुनेछ। आत्मविश्वास बढ्नेछ। शैक्षिक सफलता मिल्नेछ। पारिवारिक प्रेममा सुमधुरता छाउनेछ।

मिथुन राशि – प्रेम सम्बन्ध बलियो हुनेछ। भाग्य बलियो हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहनेछ।

कर्कट राशि – यात्राको लागि आज खासै सुखद समय छैन। झमेलामा पर्न सकिनेछ। हात लागेका अवसरहरू पनि फुत्कन सक्नेछन्। नजिकका आफन्तबाटै विश्वासघातमा पर्न सकिने सम्भावना छ। स्वास्थ्य मध्यम रहनेछ।

सिंह राशि –पराक्रम बढ्नेछ। अध्यात्ममा मन जानेछ। सामाजिक कार्यप्रति प्रेरित बन्ने समय आएको छ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ। अध्ययनमा मन लाग्नेछ। आर्थिक सुधार हुनेछ। प्रेम प्रसंग सुमधुर हुनेछ।

कन्या राशि – आकस्मिक धन लाभ हुनेछ। सामाजिक कार्यमा मन जानेछ। मान–सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमीप्रेमिका बीच सुमधुर सम्बन्ध हुनेछ। शत्रुहरू पराजित हुनेछन्। नाम, प्रतिष्ठा, र कीर्ति बढ्नेछ।

तुला राशि –राज्यबाट प्राप्त हुने सम्मान अरू कसैले हात पार्न सक्छ। कुनै दुखद समाचारले मन खिन्न हुनेछ। सामाजिक कार्यमा भने मन जानेछ। तपाईंको कर्मको चर्चा चल्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ।

वृश्चिक राशि – आज भाग्यले साथ दिनेछ, विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ। शैक्षिक सफलता पनि मिल्नेछ। स्वास्थ्यमा सुधार भए तापनि लापरवाही नगर्नु होला, ख्याल राख्नु होला।

धनु राशि – अधुरा कार्यहरू पूर्ण हुनेछन्। धर्मकर्ममा मन जानेछ। आत्मविश्वास उच्च रहनेछ। नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक सन्तुलन कायम रहनेछ। नयाँ कार्यको योजनाहरू बन्नेछन्।

मकर राशि –सामाजिक कार्यमा मन जानेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नुपर्नेछ।

कुम्भ राशि –नयाँ ज्ञान सिक्न पाइनेछ। तपाईले गरेको कर्मको चर्चा चल्नेछ। मन प्रसन्न हुनेछ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। मित्र भेट हुनेछ। भाग्यले साथ दिनेछ। स्वास्थ्यमा भने ख्याल राख्नुपर्नेछ।

मीन राशि –आज मन खिन्न हुनेछ। झिना–मसिना कार्यमा अल्झनु पर्नेछ। महत्वपूर्ण कार्य सम्पादनमा समस्या वा बाधा आउला। पारिवारिक सद्भावमा मिठास हुनेछ। आत्मबल भने उच्च रहनेछ।

ज्योतिषाचार्य तथा वास्तुविद् -माधवा शर्मा
सचिव -नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ
फोन नं. – 9848060799

 

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार