मेष राशि: साना समस्याले अल्झनमा पर्न सक्नुहुन्छ। काममा ढिलासुस्ती हुनेछ। केही धन सामान्य समस्यामा खर्च हुनसक्छ। मनमा आलस्य हुनेछ र स्फूर्तिमा कमी देखिन सक्छ।
वृष राशि: भाग्यले साथ दिनेछ। शुभ समाचार सुन्न पाइनेछ। तपाईँले आटेको कार्य सफल हुनेछ। आत्मविश्वास बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कामको शुरुवात हुनेछ। पारिवारिक प्रेममा सुमधुरता छाउनेछ।
मिथुन राशि: प्रेम सम्बन्ध बलियो हुनेछ। भाग्य बलियो हुनेछ र विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि लाग्न सक्छ। संगीत क्षेत्रमा रुचि बढ्नेछ र मन प्रसन्न हुनेछ।
कर्कट राशि: पराक्रम बढ्नेछ। अध्यात्ममा मन जानेछ। सामाजिक कार्यप्रति प्रेरित हुने समय छ। समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा सफलता मिल्नेछ। मित्रहरूको सहयोगले कार्य सम्पन्न हुनेछ। अध्ययनमा मन लाग्नेछ। आर्थिक सुधार हुनेछ र प्रेम सम्बन्ध सुमधुर हुनेछ।
सिंह राशि: आज दिन मध्यम फलदायी हुनेछ। सानातिना कुरामा अल्झन हुनेछ। काममा बाधा अड्चनहरू आउन सक्छन्। स्वास्थ्य बिग्रन सक्छ र खर्च बढ्ने सम्भावना छ। बुद्धिको सही प्रयोगले काममा केही सहजता आउन सक्छ।
कन्या राशि: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आकस्मिक धन लाभ हुनसक्छ। सामाजिक कार्यमा मन जानेछ र मान-सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुशी छाउनेछ। प्रेम सम्बन्धमा सुमधुरता कायम हुनेछ। शत्रुहरू पराजित हुनेछन् र नाम, प्रतिष्ठा तथा कीर्ति बढ्नेछ।
तुला राशि: शुभ समाचार सुन्न पाउँदा मनमा हर्ष छाउनेछ। साथीभाइ र इष्टमित्रहरूको पूर्ण सहयोग पाउनेछ। तपाईँको कर्मको चर्चा हुनेछ। आर्थिक पक्ष मध्यम हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ तर अन्य क्षेत्र राम्रो हुनेछ।
वृश्चिक राशि: आज भाग्यले साथ दिनेछ र विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्रहरूको सहयोगले काममा सहजता हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शैक्षिक सफलता पनि प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ।
धनु राशि: समय मध्यम फलदायी हुनेछ। सर-समान चोरी हुने वा हराउने सम्भावना छ, ख्याल गर्नुहोस्। नाक, कान, घाँटीमा स्वास्थ्य समस्या आउन सक्छ। पूरा हुन थालेका कार्यहरूमा बाधा अड्चनहरू आउन सक्छन्। आर्थिक पक्षमा सुधार हुनेछ र पारिवारिक सन्तुलन कायम हुनेछ।
मकर राशि: सामाजिक कार्यमा मन जानेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक नियोगको सहयोग प्राप्त हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तहरूको सहयोगले काममा सहजता हुनेछ। महिला मित्रहरूको सहयोगले काममा सजिलो हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
कुम्भ राशि: तपाईँले गरेको कर्मको चर्चा हुनेछ। तपाईँको धैर्यता र लगनशीलताले सफलता दिलाउनेछ। मन प्रसन्न हुनेछ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। मित्र मिलन हुनेछ। भाग्यले साथ दिनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
मीन राशि: लामो समयदेखि रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कामको सम्पादनमा सहजता हुनेछ। व्यवसाय विस्तार हुनेछ। न्यायिक सफलता प्राप्त हुनेछ। पारिवारिक सद्भावमा मिठास आउनेछ। आत्मबल उच्च हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं: ९८४८०६०७९९

