मेष राशि – बोल्दा ख्याल गर्नुहोस्, अपजस लाग्न सक्छ। खानपानमा ध्यान दिनुहोस्। शरीरमा स्फुर्तिको कमी हुनेछ। कार्यमा ढिला सुस्ति हुनेछ। आलस्य छाउने सम्भावना छ। महत्वपूर्ण अवसरहरू गुम्न सक्छन्, चनाखो रहनुहोस्।
वृष राशि – चिताएको कार्यमा तिव्रता आउनेछ। भाग्यले साथ दिनेछ। आत्मविश्वास बढ्नेछ। शेयर बजारबाट लाभ प्राप्त हुनेछ। नयाँ कामको शुरुवात हुनेछ। पारिवारिक प्रेममा सुमधुरता छाउनेछ। कृषि क्षेत्रमा सफलता मिल्नेछ।
मिथुन राशि – बन्धु-बान्धवको सहयोगले कार्य सम्पादनमा सहजता मिल्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। भाग्य बलियो रहनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न हुनेछ।
कर्कट राशि – शुभ कर्मको चर्चा हुनेछ। पराक्रम बढ्नेछ। अध्यात्ममा मन जानेछ। सामाजिक कार्यप्रति प्रेरित बन्ने समय हो। सही समयमा निर्णय लिन सकिनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्रहरूको सहयोगले कार्य सम्पन्न हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। आर्थिक सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।
सिंह राशि – बौद्धिक क्षमतामा केही कमी आउन सक्छ। दिन मध्यम फलदायी हुनेछ। सानातिना कुरामा अल्झिन सकिन्छ। कार्यमा बाधा आउन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। खर्चमा वृद्धि हुनेछ। बुद्धिको सही प्रयोगले कार्यमा सहजता आउनेछ। यात्रा गर्दा विशेष ख्याल राख्नुहोस्।
कन्या राशि – सन्तान सुख मिल्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नेछ। मान-सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुशी छाउनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। नाम, प्रतिष्ठा र कीर्ति बढ्नेछ। शेयर बजारमा फाइदा हुनेछ।
तुला राशि – बाणिमा मिठास आउनेछ, जसले प्रशंसा पाउनेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। साथीभाइ र ईष्टमित्रहरूको सहयोग पाउनेछ। वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ। तपाईँको कर्मको चर्चा चल्नेछ। अन्य क्षेत्रहरू राम्रो रहनेछन्। स्वास्थ्यमा ख्याल गर्नुहोस्।
वृश्चिक राशि – भाग्यले साथ दिनेछ। तपाईँको बोलिले समाजलाई प्रभाव पार्नेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक र मित्रहरूको सहयोगले सहजता मिल्नेछ। सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ। सट्टा-पट्टामा विशेष लाभ हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ।
धनु राशि – समय मध्यम फलदायी हुनेछ। सामान चोरी वा हराउने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। पूरा हुन थालेका कार्यमा बाधा आउन सक्छ। पारिवारिक साथ प्राप्त हुनेछ। स्वास्थ्यमा धन खर्च गर्नुपर्नेछ, ध्यान दिनुहोस्।
मकर राशि – श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक सहयोग प्राप्त हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता आउनेछ। मानसिक लाभ भए पनि व्यवहारिक फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
कुम्भ राशि – धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र लगनशीलताले सफल बनाउनेछ। मन प्रसन्न हुनेछ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। मित्रहरूसँग मिलन हुनेछ। भाग्यले साथ दिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
मीन राशि – लामो समयदेखि रोकिएका कार्य पुनः सुचारु हुनेछन्। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउनेछ। पारिवारिक सद्भावमा मिठास आउनेछ। आत्मबल उच्च हुनेछ। टाढाबाट आएका आफन्तहरूसँग भेटघाट हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाईन, जेसिज चोक, दाङ
फोन नं. – 9848060799

