२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक १२ गते सोमबार



मेष राशि – वाणीको प्रभाव बढ्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। सरकारी क्षेत्रको जागिरेका लागि आजको दिन अत्यन्तै शुभ रहला। अतिथिको स्वागत-सत्कार गर्नु पर्नेछ। व्यवसायिक सफलता मिल्नेछ।

वृष राशि – तर्क-वितर्कमा पर्न सकिने भएकाले सजग रहनु होला। आजको दिन मध्यम फलदायी रहला। कारोबार तथा लेनदेनमा समस्या आउला। बनेका योजना कार्यान्वयनमा ल्याउन समस्या होला। अनावश्यक खर्च बढ्ने सम्भावना छ।

मिथुन राशि – सफल यात्राको सम्भावना रहेको छ। साझेदारीमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ। बन्धु-बान्धवको सहयोगले कार्य सम्पादनमा सहजता मिल्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहला।

कर्कट राशि – अधुरा कार्यहरू पूर्ण हुनेछन्। राज्यबाट सम्मान प्राप्त होला। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूको लागि आज सफलतादायी दिन रहनेछ। शैक्षिक सफलता प्राप्त हुनेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।

सिंह राशि – आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछ। लहलहैमा हिँड्ने बानीले धोका पाउन सकिन्छ, सजग रहनु होला। दिन मध्यम फलदायी रहला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला। स्वास्थ्यमा पनि ख्याल राख्नु होला।

कन्या राशि – स्वास्थ्यमा धन खर्च हुनेछ। सुख-दुख, हाँसो-खुसी, लाभ-हानि बराबरी हुनेछ। आत्मबल बढाएर अघि बढ्नुपर्ने दिन रहेको छ। साना-मसिना कार्यमा अल्झिएर समय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

तुला राशि – मान्यजनबाट विशेष सहयोग प्राप्त हुनेछ। नाम र प्रतिष्ठा प्राप्त हुनेछ। वाणीमा मिठास आउँदा प्रशंसा पाइनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। साथीभाइ र इष्टमित्रको सहयोग पूर्ण रूपमा प्राप्त हुनेछ। तपाईँको कर्मको चर्चा चल्नेछ।

वृश्चिक राशि – धर्मकर्ममा मन लाग्नेछ। शुभ कर्मको चर्चा चल्नेछ। भाग्यले साथ दिनेछ र विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता आउनेछ।

धनु राशि – धन र प्रतिष्ठा प्राप्त हुनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त हुनेछ। वाणीमा मिठास आउला। कुटुम्ब वृद्धि हुनेछ।

मकर राशि – कार्य सम्पादनमा समस्या आउला। मनमा चिन्ता र भय उत्पन्न होला। विश्वास गरिएका व्यक्तिले घात गर्ने सम्भावना छ, सजग रहनु होला। शरीरमा निराशा र आलस्य उत्पन्न हुनेछ। आर्थिक संकटले मनमा छटपटी हुनेछ।

कुम्भ राशि – नयाँ कार्यको अवसर प्राप्त हुनेछ। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र लगनशीलताले तपाईँलाई सफल बनाउनेछ। मन प्रसन्न रहनेछ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। भाग्यले साथ दिनेछ। आर्थिक कारोबार विस्तारै उकालो लाग्नेछ।

मीन राशि – शिक्षण क्षेत्रमा विशेष सफलता मिल्नेछ। मान-प्रतिष्ठा बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास आउनेछ। आत्मबल उच्च हुनेछ। आँटेका कार्यहरू विस्तारै अघि बढ्नेछन्।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ।
फोन नं: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार