मेष राशि – व्यवसायिक योजनाहरू बन्ने छन्। आर्थिक पक्ष बलियो हुनेछ। अतिथिको स्वागत सत्कार गर्नु पर्नेछ। व्यवसायिक सफलता मिल्नेछ। सम्मानयुक्त आतिथ्य प्राप्त होला।
वृष राशि – धार्मिक यात्रा हुनेछ। आजको दिन मध्यम फलदायी रहला। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ।
मिथुन राशि – मानसिक भयले सताउन सक्छ। आर्थिक संकट आउन सक्छ। शरीरमा आलस्य छाउनेछ। व्यवसाय सोचेअनुरुप सफल नहुन सक्छ। बोल्दा विचार गर्नुहोला। स्वास्थ्य बिग्रन सक्नेछ।
कर्कट राशि – शत्रु क्षय हुनेछन्। अधुरा कार्यहरू पूर्ण हुनेछन्। राज्यबाट सम्मान प्राप्त होला। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूको लागि आजको दिन सफलतादायी रहनेछ। शैक्षिक सफलता पनि प्राप्त होला। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि – रोजगारका अवसर मिल्नेछन्। आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछ। दिन मध्यम फलदायी रहला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्न सक्छ। दैनिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा सहजता आउला।
कन्या राशि – गरेका कार्यहरूमा सफलता मिल्नेछ। सोचेअनुरुप कार्यले तीव्रता पाउनेछ। आफन्तको साथ र समर्थनले सहजता प्राप्त हुनेछ। व्यवसाय राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
तुला राशि – स्वास्थ्यमा धन खर्च हुनेछ। सुख-दुख, हाँसो-खुशी, लाभ-हानि बराबर प्राप्त होला। आत्मबल अलि बढाएर अघि बढ्नुपर्ने दिन रहेको छ। झिना-मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ। प्रेमी-प्रेमिकाबीच सुमधुर सम्बन्ध रहला।
वृश्चिक राशि – आँटेका कार्यहरू पूर्ण हुनेछन्। धर्म-कर्ममा मन जानेछ। शुभ कर्मको चर्चा चल्नेछ। आज भाग्यले साथ दिनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता मिल्नेछ।
धनु राशि – शुभ समाचार सुन्न पाइनेछ। धन एवं प्रतिष्ठा प्राप्त होला। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ पाइनेछ। वाणीमा मिठास हुनेछ। कुटुम्ब वृद्धि हुनेछ।
मकर राशि – कार्य सम्पादनमा समस्या आउला। मनमा चिन्ता र भय उत्पन्न होला। विश्वास गरिएका व्यक्तिले धोका दिन सक्छन्, सजग हुनुहोस्। शरीरमा निराशा र आलस्य उत्पन्न हुन सक्छ। आर्थिक संकटले मनमा छटपटी हुनेछ।
कुम्भ राशि – मनमा अनेक विचार बढ्नाले अशान्ति रहला। नयाँ कार्य गर्दा सोचविचार गरेर अघि बढ्नु होला। निर्णयात्मक क्षमतामा कमी आउला। आर्थिक क्षेत्रमा कठिनाई हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोस्।
मीन राशि – नयाँ काम सुरु गर्न सकिने समय रहेको छ। मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता हुनेछ। पारिवारिक सद्भावमा मिठास हुनेछ। आँटेका कार्यहरू विस्तारै अघि बढ्नेछन्।
ज्योतिषाचार्य तथा वास्तुविद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर, क लाइन, जेसीज चोक, दाङ
फोन नं – 9848060799

