मेष राशि – बोलिको प्रभाव बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू सफल हुनेछन्। रमाइलो यात्रा हुनेछ। कार्यहरू तीव्र रूपमा अगाडि बढ्नेछन्। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
वृष राशि – उमंग र उत्साहमा कमी आउला। नजिकका व्यक्तिबाट धोका पाईने सम्भावना छ। कार्यमा केही ढिलासुस्ती होला। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउला। निर्णय गर्दा अलिकति ख्याल राख्नु होला।
मिथुन राशि – आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त होला। आँटेका कार्यहरू पूरा हुनेछन्। मान सम्मानमा वृद्धि होला। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।
कर्कट राशि – लामो समयदेखि रोकिएका कार्यले तीव्रता पाउनेछन्। एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। आफ्नो इच्छाअनुसार समय बित्नेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउँला। सोचेअनुसार कार्य अगाडि बढ्दा मनमा हर्ष छाउँला। स्वास्थ्यमा ख्याल राख्नु होला।
सिंह राशि – हर्ष उल्लासमा दिन बित्नेछ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचेअनुसार सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नुका साथै मान सम्मान प्राप्त होला। दिन प्रेमिल हुनेछ। आफन्तको साथले मनमा हर्ष छाउनेछ।
कन्या राशि – जिद्दीपनले गर्दा कार्य बिग्रन सक्छ। खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नु होला। शुभ कार्यका योजना भने बन्नेछन्। व्यवसायमा भने सोचेअनुसार सफलता मिल्ने छैन।
तुला राशि – धार्मिक कार्यमा सहभागी भइनेछ। सामाजिक कार्यमा सरिक भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह एवं वाणीको प्रभाव बढ्ने समय रहेको छ। आज जोश जाँगर र हिम्मत बढ्नेछ।
वृश्चिक राशि – आज रमाइलो यात्राको अवसर प्राप्त होला। धार्मिक एवं सांस्कृतिक कार्यमा सहभागी भइनेछ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति बढ्नेछ। आफन्तसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि – आफन्तको साथ प्राप्त हुनेछ। तपाईंको लगनशीलताले कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले अझै सहजता होला। दिन शुभ फलदायक रहनेछ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्ला।
मकर राशि – झन्झटिलो कार्यमा संलग्न भइनेछ। फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। मनमा भय उत्पन्न हुनेछ। प्रेम सम्बन्धमा बाधा आउला। अप्रिय खबरले मनमा पीडा उत्पन्न होला।
कुम्भ राशि – धार्मिक यात्राको अवसर प्राप्त होला। जोश, जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। आज धैर्य एवं लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ।
मीन राशि – एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। आज मनमा शान्ति मिल्नेछ। उत्साह एवं उमंगमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला। शुभकर्मको चर्चा चल्नेछ। छोटो यात्रा हुनेछ। दिन आनन्दमय रहनेछ। नोकरी गर्नेले मान सम्मान प्राप्त गर्नेछन्।
वास्तु टिप्स
घरको कुन कोठामा के राख्दा उत्तम हुन्छ?
पूर्व दिशामा: स्नान कोठा,आग्नेय दिशामा: खाना पकाउने कोठा,दक्षिण दिशामा: शयन कक्ष,उत्तर दिशामा: ढुकुटी राख्ने,ईशानमा: पूजा कोठा
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं: ९८४८०६०७९९

