२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक २३ गते शुक्रबार



मेष राशि – नेतृत्वदायि भूमिकाको निर्वाह गर्नुपर्नेछ। पारिवारिक साथले कार्य सम्पादनमा सहयोग पुग्नेछ। आर्थिक लगानीमा सोचविचार गरेर अगाडि बढ्नु होला। बोलिको प्रभाव बढ्नेछ, पारिवारिक सद्भाव कायम हुनेछ। शुभकार्यको चर्चा चल्नेछ र स्वास्थ्यमा सुधार हुनेछ।

वृष राशि – दिन प्रेमिल रहनेछ। नेतृत्व क्षमतामा निखारता आउनेछ। चिताएका कार्यहरू पूरा हुनेछन्। विशिष्ट व्यक्तिसँगको साथले कार्यमा सहजता प्राप्त होला। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

मिथुन राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ। सामान्य चोटपटक लाग्न सक्छ, सतर्क रहनु होला। उमङ्ग उत्साहमा कमी आउनेछ। कार्यमा केही ढिलाइ हुनेछ, खर्च बढ्नेछ। निर्णय गर्दा ख्याल गर्नु होला।

कर्कट राशि – शिक्षा क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको थालनी होला। लामो समयदेखि रोकिएका कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। एकपछि अर्को अवसर आउने हुँदा मन प्रसन्न हुनेछ। आफ्नो इच्छाअनुसार समय बित्नेछ। सोचेअनुसार कार्य अगाडि बढ्नाले मनमा हर्ष छाउनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।

सिंह राशि – व्यक्तिगत जीवनमा सन्तुलन राख्नुपर्नेछ। हर्ष उल्लासमा दिन बित्नेछ। चिताएको कार्यले तीव्रता पाउनेछ। सोचेअनुसार सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नुका साथै मान-सम्मान प्राप्त हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।

कन्या राशि – अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। वैदेशिक कार्यले तीव्रता पाउनेछ। अरूलाई छिट्टै प्रभावित पारेर कार्य सम्पन्न गर्न सकिनेछ। पारिवारिक सुख प्राप्त होला। खानपानमा ध्यान दिनु पर्नेछ। सामान्य स्वास्थ्य बिग्रनाले मन अशान्त हुनेछ।

तुला राशि – अधिकार प्राप्त गर्न संघर्ष गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नु होला। चञ्चलता बढ्नाले काममा बाधा आउन सक्छ। बोल्दा ख्याल गर्नु होला। व्यवसायमा सोचेअनुसार सफलता मिल्ने छैन।

वृश्चिक राशि – साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोगले जुनसुकै कार्य सजिलो हुनेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागिता बढ्नेछ। आटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ।

धनु राशि – दैनिक कार्यमा सफलता मिल्नेछ। आफन्तको साथ प्राप्त हुनेछ। तपाईँको लगनशीलताले कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँग सहकार्यले थप सहजता मिल्नेछ। दिन शुभफलदायी रहेको छ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्नेछ।

मकर राशि – कुटुम्बको साथले दिन रमणीय बन्नेछ। कार्यमा केही चुनौती आउन सक्छ, तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यहरू अगाडि बढ्नेछन्। व्यवसायले विस्तारै गति लिनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ।

कुम्भ राशि – आफूलाई कमजोर महसुस हुनेछ। नजिकका व्यक्तिबाट धोका पाउने सम्भावना भएकाले सजग रहनु होला। झन्झटिलो कार्यमा संलग्न हुनुपर्नेछ। फजुल खर्चले चिन्ता बढ्नेछ। महत्वपूर्ण कार्यमा व्यवधान आउनेछ। प्रेम सम्बन्धमा बाधा आउन सक्छ। अवसरहरू गुम्न सक्छन्।

मीन राशि – मङ्गल कार्यको योजना बन्नेछ। एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। आज मनमा शान्ति मिल्नेछ। उत्साह तथा उमङ्गमा दिन बित्नेछ। प्रशस्तान्न भोजन प्राप्त होला। शुभ कर्मको चर्चा चल्नेछ। दिन आनन्दमय रहनेछ। रोकिएका अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्।

वास्तु टिप्स – भोजन गर्दा पश्चिम वा दक्षिण फर्केर कहिल्यै नखानुहोस्। खाना खाँदा पूर्व वा उत्तरमुखी भएर बोल्न नखाई खानु शुभ मानिन्छ। खाना खाने बेलामा गफ गर्ने, मोबाइल वा टिभी हेर्ने गर्नु वास्तु विपरीत हुन्छ, जसले प्रत्यक्ष स्वास्थ्यमा असर पुर्‍याउँछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ
फोन नं: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार