२०८२ फाल्गुन २९ गते शुक्रवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक २८ गते बुधबार



मेष राशि – साझेदारीमा काम गर्दा सोच विचार गरेर अगाडि बढ्नु होला। खर्च बढ्न सक्छ। संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न हुनेछ। व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन, र मनमा चिन्ता बढ्न सक्छ। सामान हराउने वा चोरी हुने सम्भावना छ।

वृष राशि – सेवामूलक कार्यमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ। रचनात्मक कार्यमा सरिक भइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीको लागि आज उपयुक्त दिन रहेको छ। अरुको भलो गर्नाले सुख प्राप्त हुनेछ।

मिथुन राशि – नयाँ योजनाहरू बन्नेछन्। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। प्रतिस्पर्धाविनै सफलता मिल्नेछ। दिन प्रेमिल रहनेछ, र मनमा हर्ष छाउनेछ। चिताएका कार्यले पूर्णरूप पाउनेछन्। दिन रमाइलो बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।

कर्कट राशि – आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। दिन रमाइलो बित्नेछ, तर स्वास्थ्यमा ख्याल राख्नु होला।

सिंह राशि – बोल्दा विचार गरेर मात्र बोल्नु होला। अपजस सहनुपर्ने दिन रहेको छ। व्यवसायमा विचार गरेर लगानी गर्दा उपयुक्त हुनेछ। विरोधिहरू सल्बलाउनेछन्। व्यवसायमा सोचे अनुसार सफलता हुनेछैन। धैर्यताले काम गर्दा उचित हुनेछ।

कन्या राशि – आय आर्जनका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालिन योजनाले सार्थकता पाउनेछ। मांगलिक कार्यमा सहभागी हुने दिन रहेको छ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचे अनुसार सफलता प्राप्त हुनेछ।

तुला राशि – शैक्षिक कार्यमा प्रगति हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ। दिन प्रेमिल हुनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्। आर्थिक पक्षमा सुधार आउनेछ। राजनैतिक सफलता मिल्नेछ।

वृश्चिक राशि – आज दिन शुभफलदायक रहेको छ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। आज प्राविधिक क्षेत्रका व्यक्तिलाई बढी फाइदा हुनेछ। व्यवसायमा केही सफलता मिल्नेछ।

धनु राशि – पति-पत्नी वा प्रेमी-प्रेमिका बीच मनमुटाव हुन सक्छ। वादविवादबाट जोगिनु नै उपयुक्त हुनेछ। काम गर्दा आत्मविश्वास बढाएर गर्नुपर्नेछ। राजनैतिक कार्यमा सोचे अनुसार सफलता मिल्ने छैन। आर्थिक तथा व्यवसायिक पक्षमा सोचे अनुसार सफलता नमिल्न सक्छ।

मकर राशि – विद्यार्थीका लागि आज दिन शुभ फलदायक रहेको छ। शुभ कार्यको चर्चा चल्नेछ। सामाजिक सेवामा मन जानेछ। आदर्श व्यक्तिसँग सहकार्य हुन सक्छ। मान-सम्मान बढ्नेछ। शुभ समाचारले मनमा हर्ष छाउनेछ। रमाइलो यात्रा हुनेछ।

कुम्भ राशि – शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा र पदवी प्राप्त हुने दिन रहेको छ। तपाईंको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछन्।

मीन राशि – नयाँ ठाउँमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। वाणीको प्रभाव बढ्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। व्यवसायले केही फड्को मार्नेछ। शैक्षिक क्षेत्रमा पनि आज उत्तम फल प्राप्त हुनेछ। हिम्मत बढ्नाले हरेक कार्यमा सहजता हुनेछ।

वास्तु टिप्स – गेस्ट रूम (पाहुना कक्ष) कता उपयुक्त हुन्छ?
सधैं पाहुना कक्षलाई पश्चिम-उत्तर दिशामा बनाउनु उपयुक्त हुन्छ भन्ने मान्यता रहेको छ। यसले पाहुनालाई खुसी तुल्याउने र छोटो समयमै प्रभावित बनाउने विश्वास गरिन्छ। तर, त्यो कोठामा घरमूली सुत्नु हुँदैन।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार