मेष राशि-विद्यार्थीका लागि विशेष लाभदायक दिन हुनेछ। तार्किक क्षमता बढ्नेछ। सञ्चित धन वृद्धि हुनेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ।
वृष राशि-पुराना मित्रसँगको भेटले मनमा हर्ष छाउनेछ। तर, व्यवसायिक सफलता सोचेअनुरूप हुने छैन। यात्रा गर्दा सतर्क रहनु होला। मनमा अनेक कुरा खेल्ने भएकाले चिन्ता बढ्न सक्छ। सोचेअनुरूप काम नहुँदा मन खिन्न हुनेछ। सकारात्मक सोच राखेर काम गर्दा केही सुधार हुनेछ।
मिथुन राशि-सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। मान–सम्मान प्राप्त हुनेछ। ठेक्कापट्टाका कामबाट लाभ हुनेछ। बोलेको कुरामा विचार गर्न आवश्यक छ। वैदेशिक कार्यहरू सफल रहनेछन्।
कर्कट राशि-विरोधीहरू सक्रिय हुनेछन्। अलि बढी ध्यान दिएर काम गर्दा सफलता मिल्न सक्छ। दैनिक खर्च केही बढ्न सक्छ। संघर्ष अनुसार सफलता नहुँदा मन खिन्न हुन सक्छ। व्यक्तिगत जीवनमा सन्तुलन राख्न आवश्यक हुनेछ। व्यवसायमा लगानी नगर्दा राम्रो हुनेछ। शेयर बजारमा भने सफलता मिल्ने सम्भावना छ।
सिंह राशि-आत्मविश्वास बढ्नेछ। जागिरमा शुभ समाचार प्राप्त हुनेछ। व्यवसायमा सफलता हात लाग्नेछ। धार्मिक र सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक काममा सफलता मिल्नेछ। रचनात्मक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ। पारिवारिक सद्भाव र विद्यार्थीका लागि दिन शुभ रहनेछ।
कन्या राशि-सामाजिक तथा धार्मिक कार्यमा संलग्न भइनेछ। चिताएका कामहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम, नाम, प्रतिष्ठा कमाउने समय हो। आफन्तसँग भेटघाटमा समय बित्नेछ। विद्यार्थीका लागि आजको दिन शुभ हुनेछ।
तुला राशि-काम सुरु गर्दा सोचविचार गरेर गर्नु शुभ हुनेछ। कानुनी कार्यमा सफलता मिल्नेछ। धैर्य राखेर काम गरे लाभदायक हुनेछ। आफन्तको सहयोगले काम गर्न सहज हुनेछ। रोकिएका कामले गति लिनेछन्। सामाजिक गतिविधिमा सहभागिता जनाइनेछ।
वृश्चिक राशि-परिवारलाई समय दिनु राम्रो हुनेछ। मनको तिक्तता हटेर जानेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा समय बित्नेछ। साँझ अप्रत्याशित उपहार प्राप्त हुनसक्छ।
धनु राशि-दाम्पत्य जीवनमा मिठास बढ्नेछ। सबै क्षेत्रमा सफलता मिल्नेछ। तर, धनको मामिलामा अरूको विश्वास गर्दा दुःख पाउन सकिन्छ। खानपानमा खर्च बढ्न सक्छ। सामाजिक मान–सम्मान बढ्नेछ। वाणीको प्रभाव बलियो हुनेछ। विद्यार्थीका लागि दिन विशेष लाभदायक रहनेछ। नयाँ कामका योजना बन्नेछन्।
मकर राशि-आर्थिक पक्ष बलियो हुनेछ। बच्चाहरूको स्वास्थ्यमा ख्याल गर्नुपर्छ। वाणिज्य क्षेत्रमा सफलता प्राप्त हुनेछ। व्यवसायिक कामले राम्रो नतिजा दिनेछ। निर्णय गर्दा विचार गर्नुपर्छ। मित्र सहयोगले आर्थिक र सामाजिक पक्ष बलियो बन्नेछ।
कुम्भ राशि-क्रोध र रिसमा संयमता राख्नु आवश्यक छ। सोचेअनुरूप काम नभएकाले चिन्ता बढ्न सक्छ। पैतृक सम्पत्तिमा विवाद हुनसक्छ। आवश्यकता भन्दा बढी चुनौतीको सामना गर्नुपर्नेछ। सामान हराउन सक्ने भएकाले यात्रामा ध्यान दिनुहोस्। व्यवसायमा सोचेजस्तो सफलता नआउने सम्भावना छ।
मीन राशि-व्यवहार परिवर्तन गर्न नसक्दा दुःख पाउन सकिन्छ। लापरवाही त्याग्नु राम्रो हुनेछ। सही समयमा निर्णय लिन सकिनेछ। हिम्मतले काम गर्दा सफलता हात लाग्नेछ। परोपकारी कार्यमा समय बित्नेछ। शुभ समाचार प्राप्त हुनेछ। मान, प्रतिष्ठा, र पदवी पाउने दिन हो। लगनशील भएर काम गर्दा नाफा हुनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना: तुलसीपुर, क. लाइन, जेसिस चोक, दाङ
फोन नं.: ९८४८०६०७९९

