२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मंसिर ५ गते बुधबार



मेष राशि: आज पारिवारिक समय बिताउँदा लाभ मिल्नेछ। नकारात्मक सोचबाट टाढा रहेर कार्य गर्नुहोला। दाम्पत्य जीवनमा केही प्रभाव पर्न सक्छ। अल्छिपनाले गर्दा कार्यमा बाधा आउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक काम गर्ने अवसर पाउनु हुनेछ।

वृष राशि: प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायमा राम्रो आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने मौका मिल्नेछ। आर्थिक पक्ष मजबुत भएकाले मन आनन्दित हुनेछ। पुराना मित्रसँगको भेटले खुशी दिनेछ।

मिथुन राशि: शिक्षा क्षेत्रमा प्रगति हुनेछ। महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। वाणीमा मिठास आउनेछ। व्यवसायमा लाभ मिल्नेछ। अनुकूल समय भएकाले कार्य सम्पादनमा सहजता हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

कर्कट राशि: आर्थिक कारोबार गर्दा सतर्क रहनुहोला। दिन सामान्य रहनेछ। व्यवसायिक सफलता औसत रहनेछ। यात्रा गर्दा सतर्कता अपनाउनुहोला। मनमा अनेक कुरा खेल्नाले चिन्ता बढ्न सक्छ। शेयर बजारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।

सिंह राशि: कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मान-सम्मान प्राप्त हुनेछ। बोल्दा विचार गर्नुहोला। जग्गा-जमिनको कारोबारमा सफलता मिल्नेछ। शेयर बजारका लागि पनि दिन शुभ छ।

कन्या राशि: रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। नोकरीमा शुभ समाचार प्राप्त हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ।

तुला राशि: पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागीता हुनेछ। चिताएका कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम, नाम, र प्रतिष्ठा कमाउने समय आएको छ। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। सामाजिक सञ्जालमा बोल्दा सतर्क रहनुहोस्।

वृश्चिक राशि: नयाँ लगानीका लागि समय उपयुक्त छैन। कार्य सुरू गर्दा सोचविचार गरी अघि बढ्नुहोस्। कानुनी कार्यमा सफलता मिल्नेछ। धैर्य राख्न सके राम्रो हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। सामाजिक गतिविधिमा सहभागीता हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

धनु राशि: रिसलाई नियन्त्रण गर्न नसक्नाले कार्य बिग्रन सक्छ, सतर्क रहनुहोस्। अग्रजको सल्लाहमा काम गर्दा सफलता मिल्नेछ। साझेदारीका कार्यले सार्थकता पाउनेछ। परिवारलाई समय दिएर दिन बिताउनु उचित हुनेछ। नयाँ आम्दानीका बाटाहरू खुल्नेछन्। व्यवसायले राम्रो लाभ दिनेछ। दीर्घकालीन योजनाले सफलता पाउनेछ।

मकर राशि: आर्थिक क्षेत्रमा सुधार हुनेछ। परिश्रम अनुसार लाभ हुनेछ। व्यवसाय विस्तार हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि क्षेत्र पनि सबल हुनेछ। राजनीतिक गतिविधिमा सहभागिता हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ।

कुम्भ राशि: दिन उत्साहपूर्ण रहनेछ। व्यवसायमा राम्रो आम्दानी हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। पारिवारिक खुशी बढ्नेछ। सोचेअनुसार काम बन्दै जाँदा मन रमाउनेछ। जागिरेका लागि स्थानान्तरणको सम्भावना छ। विद्यार्थीका लागि दिन शुभफलदायक रहनेछ। निर्णय गर्दा विचार गर्नुहोला।

मीन राशि: मित्रको सहयोगले आर्थिक र सामाजिक पक्ष बलियो बन्नेछ। आफन्तसँग मनमुटाव हुन सक्छ, बोल्दा ध्यान दिनुहोला। सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतले काम गर्दा सफलता हात लाग्नेछ। परोपकारमा समय बित्नेछ। मान, प्रतिष्ठा, र पदवी प्राप्त हुनेछ। लगनशील भएर काम गर्दा लाभ हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार